Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतमा पुग्यो कोरोना संक्रमित ६० लाख कट्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ६० लाख ७३ हजार ३४८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जना नयाँ संक्रमित थपिएका विवरणहरु सार्वजनिक भएका छन् । साथै पछिल्लो २४ घण्टामा एक हजार ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९५ हजार ५०० पुगेको छ । पछिल्लो अपडेट अनुसार ९ लाख ६४ हजार ४०७ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ५० लाख १३ हजार ३६७ जना निको भएका छन् ।