Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कुनै पनि देशको विदेश नीतिमा देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डता प्राथमिकतामा हुन्छ । तर नेपालको कुटनीति सत्ता स्वार्थ र चाकडी बाजमुखी भए पनि यस पटक संसद जुर्मुरायो । सत्तामा नपुग्दासम्म राष्ट्रवादी, कुर्सी र पद पाएपछि जनघाती बन्ने स्वाभाव नेताहरूमा भए पनि संसदको दबाव परराष्ट्रले थेग्न सकेन । यहाँ काँग्रेस देशघाती, एमाले जनघाती, माओवादी देशभक्त, मधेशवादी छिमेकीका दलाल भन्ने छैन । पदको दुरूपयोग गरी सबै कुम्ल्याउन सक्रिय छन् । परराष्ट्र मन्त्रालयका सचिव त के परराष्ट्रमन्त्री डा. आरजु देउवा नै भारत जाँदा त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सहज भेट्न पाउँदिनन् । उनी कैयौं पटक भारत जाँदा प्रम नरेन्द्र मोदीका पार्टीका नेता भेटेर फर्केको उदाहरण छन् । तर भारतीय विदेश सचिव विक्रम मिश्रिले प्रम केपी ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन आउँदा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व प्रम शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र मधेशवादी दलरुसँग सहजै भेटघाट गरेर फर्किए । यही बेला भारत र चीनले नेपाली भूमि लिपुलेकलाई व्यापारीक स्थल बनाए । त्यो भूमि नेपालको हो । भारतको विदेश सचिव भेट्न घर घरमा पर्खेर बसेका फुर्सदिला नेताहरू देउवा, प्रचण्डसम्मको हविगत यस पटक छर्लङ्ग भयो । उनीहरू बोल्दैनन् मिश्र नेपाल आएकै दिन प्रधानमन्त्रीलाई भारतीय प्रम नरेन्द्र मोदीको निम्तो दिए । त्यही दिन परराष्ट्रमन्त्री, राष्ट्रपति, काँग्रेस सभापति, विपक्षी दलको नेतासँग भेटघाट गरेर मधेशवादी दलहरूलाई भात भान्साकै व्यवथा गरेर भोलिपल्ट पशुपतिनाथ दर्शन गरी फर्के । सत्ता, स्वार्थ र पद बाहेक अन्यत्र चासो नदिने नेपालका नेताहरूको फुर्सदिलो रवाफले त्यही बेला चीन र भारतले नेपाली भूमि प्रयोग गर्दा सोधनीसम्म भएन यसबाट भारतीय ब्यूरोक्रेसी समेत दंग पर्छ । सत्ता लम्पटहरूको कुरा नेपालमा राष्ट्रवाद हुन्छ । तर जुन देशसँग सन्धि सम्झौता गर्नुपर्छ त्यहाँ देशको हितमा कठोर बन्न सक्दैनन् भन्ने कुरा ओली भ्रमणको तयारी र १४ महिनादेखिको घिटघिटो प्रमाण हो । भारत गएर प्रचण्डले मुर्रा ल्याउँदा व्यङ्ग्य गर्ने ओलीले तालिम प्राप्त कुकुर उपहार ल्याउने छन् । जुन कुरा हिजो कृषि सचिव मार्फत् सहयोग लिए पुग्नेमा प्रम हुँदा प्रचण्ड प्रयोग भए आज गृहसचिवमार्फत् काम फत्ते हुन्थ्यो तर भारतले प्रधानमन्त्री ओलीलाई प्रयोग गर्दैछ । हैसियत अनुसारको व्यवहार गर्ने त्यही भारतले गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र बीपी कोइरालालाई हेप्न सकेन । तर आज कुकुर उपहार दिँदा प्रम प्रयोग गर्दैछ । आफ्नो स्वार्थमाथि पर्दा भारतले ओलीलाई निम्तो दियो । यस पटक पनि चीन र भारतले नेपाली भूमि लिम्पियाधुरालाई व्यापारीक ट्रान्जिट बनाउने सम्झौता गरेका छन् । यी दुवै देशले नेपाली भूमि प्रयोग गर्दा नेपाललाई वास्ता नगर्नु भनेको हेपाह नीति हो । भारतीय पक्ष छुद्रता प्रकट गर्छ कतिपय कुरामा उसका तलब खाने नेपाली दलाहलरुलाई प्रयोग गरी बोल्न लगाउँछ । तर चिनियाँ पक्ष बोल्दैन, दलाल परिचालन गर्छ स्वार्थ पूरागर्छ । नेपालको परराष्ट्र नीतिका बारेमा नेपालभित्र दलीय एकता नहुँदा नेपालले इज्जत गुमाएको छ । जल र जमिनमा भारतीय हस्तक्षेप चर्को थियो अब चीन पनि जोडियो । प्रधानमन्त्रीले भारत जान पाइन भनेर बारम्बार हारगुहार गरेपछि भारतीय प्रधानमन्त्रीले विदेश सचिव विक्रम मिश्रीमार्फत् निम्तो पठाएका हु्न् । प्रम मोदीसँग २ पटक अनौपचारिक भेट भएकै हो । त्यो भ्रमणको स्थल बोधगया बनाउनुको कारण प्रधानमन्त्री ओली उर्भौलो स्वभावलाई चड्कन दिन रामको जन्मथलो अयोध्या नेपालमै हो भन्नु हो । अोलीले बोले काम केही नभएको चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर कस्तो बन्यो सरकारले बजेट कति दियो त्यो सुनसान छ ।
दबावका बीच कुटनीतिक नोट !
संयोगवश यसै महिनामा प्रधानमन्त्री केपी ओली चीन र भारतको औपचारिक भ्रमण गर्दैछन् । भारत र चीनले नेपाललाई वास्ता नगरी नेपाली भूमि लिपुलेकलाई व्यापार ट्रान्जिट बनाएका छन् । यो बेला नेपाली भूमिमाथि ठूला दुई देशको हस्तक्षेपले जनआक्रोश बढ्दो छ । प्रधानमन्त्री १४ भदौमा चीन ३१ भदौमा भारत भ्रमण गर्दैछन् यी देशको भ्रमणमा नेपालले सीमा क्षेत्रमा हुने दोहोरो व्यापारिक केन्द्रका रूपमा रूपान्तरण गर्ने छिमेकी देशको हेपाहा शैलीविरुद्ध प्रधानमन्त्रीले भन्न सक्नुपर्छ । कुटनीतिक नोट पठाएर चुप बस्नु हुन्न । तर प्रम ओलीको भित्री आशय जनताको भावनासँग मिल्दैन । आफ्नो स्वार्थलाई देशको अस्मितासँग जोड्ने केपी ओली प्रवृत्ति नै हो । जसले आफू र आफ्नो गुटको हितलाई बढी जोड दिने शैली छ । त्यो कारण प्रम ओलीप्रतिको विश्वास गुम्दो छ । प्रधानमन्त्रीको शाख देशमा घट्दा आम रूपमा देशभक्त शक्तिहरूले दबाव दिनु नौलो होइन । त्यही कारण देशको आत्मस्वाभिमान राख्न पर्ने दबाव सर्वत्र बढेको छ ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल