Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतीय नर्स निमिषाको मृत्युदण्ड रद्द

एजेन्सी । यमनले भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड रद्द गरेको छ। यमनको राजधानी सानामा भएको उच्चस्तरीय बैठकमा यो निर्णय गरिएको हो। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार भारतीय ग्रान्ड मुफ्ती कन्थापुरम एपी अबुबकर मुसलियारको कार्यालयले सोमबार राति अबेर यो जानकारी दिएको हो। यद्यपि यो कुरा अनुसन्धान गरिरहेका विदेश मन्त्रालयका अधिकारीहरूले पुष्टि गरेका छैनन्। निमिषा प्रिया (३७) लाई जुन २०१८ मा एक यमनी नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। उनलाई जुलाई १६ मा मृत्युदण्ड दिने भनिएको थियो। तर त्यसअघि जुलाई १५ मा निमिषाको सजाय अस्थायी रूपमा स्थगन गरिएको थियो। भारतीय ग्रान्ड मुफ्ती कन्थापुरम ​एपी अबुबकर मुसलियार र यमनका प्रसिद्ध सुफी विद्वान शेख हबीब उमर बिन हाफिजले जुलाई १५ मा यस विषयमा वार्ता गरेका थिए। छलफलमा यमनको सर्वोच्च अदालतका न्यायाधीश र मृतकका भाइ पनि सहभागाी थिए। यमनका शेख हबिबलाई मुफ्ती मुसलियारले वार्ताका लागि राजी गराएका थिए। मृतकको परिवारको नजिकको सदस्य वार्तामा सहमत भएको यो पहिलोपटक थियो। यो वार्ता शरिया कानुनअन्तर्गत भएको थियो। यसले मृतकको परिवारलाई बिनासर्त वा ब्लड मनीको बदलामा अपराधीलाई माफी दिने कानुनी अधिकार दिन्छ।

यस्तो छ घटनाक्रम
– २००८ मा केरलाको पलक्कडकी १९ वर्षीया निमिषा प्रिया कामका लागि यमन पुगिन्। उनले राजधानी सानाको एक सरकारी अस्पतालमा नर्सको जागिर पाइन्।
– २०११ मा निमिषा विवाहका लागि भारत फर्किइन्। उनले कोच्ची निवासी टमी थोमससँग विवाह गरिन् र दुवै यमन गए। त्यहाँ थोमसले इलेक्ट्रिसिएन सहायकका रूपमा काम पाए, तर तलब धेरै कम थियो।
– २०१२ मा निमिषाले छोरी मिसाल जन्माइन्, तर यमनमा गुजारा गर्न गाह्रो भयो।
– २०१४ मा थोमस आफ्नी छोरीसँग भारत कोच्ची फर्किए, जहाँ उनले ई(रिक्सा चलाउन थाले। निमिषाले आफ्नो कम तलब भएको जागिर छाडेर क्लिनिक खोल्ने निर्णय गरिन्, तर यमनी कानुनले उनलाई स्थानीय पार्टनर खोज्न बाध्य बनायो।
– यसै क्रममा निमिषाले कपडा पसल गर्ने महदीलाई भेटिन्। निमिषाले नै महदीकी श्रीमतीलाई बच्चा जन्माउन मद्दत गरेकी थिइन्।
– जनवरी २०१५ मा निमिषा आफ्नी छोरी मिसाल भेट्न भारत आइन्। महदी पनि उनीसँगै भारत आए।
– यस समयमा महदीले निमिषाको विवाहको फोटो चोरे। पछि महदीले तस्बिर बिगारेर आफू नै निमिषाको श्रीमान् भएको दाबी गरे।
– क्लिनिक सुरु गर्न निमिषाले परिवार र साथीभाइबाट करिब ५० लाख रुपैयाँ जम्मा गरिन् र यमन पुगेपछि क्लिनिक सुरु गरिन्।
– निमिषाले आफ्ना श्रीमान् र छोरीलाई यमन बोलाउन कागजी प्रक्रिया सुरु गरिन्, तर मार्चमा त्यहाँ गृहयुद्ध सुरु भयो र उनीहरू यमन जान सकेनन्।
यमनमा गृहयुद्ध सुरु भएपछि भारतले त्यहाँबाट आफ्ना नागरिक बाहिर निकाल्न अपरेसन राहत थाल्यो। यो अपरेसन अप्रिल मे २०१५ सम्म चल्यो। जसअन्तर्गत ४,६०० भारतीय र लगभग एक हजार विदेशी नागरिकलाई यमनबाट निकालियो, तर दुर्भाग्य, निमिषा मात्र भारत फर्कन पाइनन्।
यसपछि २०१६ मा महदीले निमिषालाई शारीरिक दुर्व्यवहार गर्न थाले। उनले निमिषाको क्लिनिकबाट हुने नाफा पनि हडप्यो। जब निमिषाले यसबारे उनलाई प्रश्न गरिन्, तब उनीहरूको सम्बन्ध बिग्रियो। महदी निमिषालाई यमनबाट बाहिर जान दिन चाहँदैनथे, त्यसैले उनले निमिषाको राहदानी आफूसँगै राखे।
निमिषाले महदीविरुद्ध प्रहरीमा जाहेरी पनि दिइन्, तर महदीले सम्पादित तस्बिर देखाए र निमिषाको पति भएको दाबी गरेपछि प्रहरीले उल्टै निमिषालाई ६ दिन हिरासतमा राख्यो।

निमिषाले औषधिको ओभरडोज दिइन्, जसले गर्दा महदीको मृत्यु भयो

निमिषा धेरै दुःखी भइन्। जुलाई २०१७ मा महदीबाट राहदानी लिन निमिषाले उनलाई बेहोस बनाउने सुई लगाइदिइन्, तर त्यसले काम गरेन। त्यसपछि निमिषाले महदीलाई ओभरडोज दिन्छिन्, परिणामस्वरूप उनको मृत्यु हुन्छ। मिडिया रिपोर्टअनुसार निमिषाले महदीको शव टुक्रा टुक्रा पारेर पानीट्यांकीमा फ्याँकिदिएकी थिइन्। यसपछि प्रहरीले निमिषालाई पक्राउ गर्‍यो। यमनको सर्वोच्च न्यायिक परिषद्ले महदीको हत्या कसुरमा निमिषालाई मृत्युदण्डको सजाय सुनाएको हो। निमिषाले यमनको सर्वोच्च अदालतमा माफीका लागि अपिल गरेकी थिइन्, तर जुन २०२३ मा त्यो खारेज गरियो। यमनका राष्ट्रपति रसादले पनि सजाय अनुमोदन गरेका थिए।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल