Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतीय रुपैयाँ सहित ४ जना पक्राउ

सिरहा । लहानबाट ठाडीतर्फ लुकाई छिपाई लैजान लागेको भारतीय ५ लाख २९ हजार रुपैयाँ तथा नेपाली ४९ हजार रुपैयाँ सहित ४ जनालाई भगवानुर गाउँपालिका-१ स्थित सडकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिरहा कर्जन्हा नगरपालिका-९ चमारटोल बस्ने ३२ वर्षीय उमेश कुमार महरा, लहान नगरपालिका-१९ कटाहा बस्ने २९ वर्षीय जिवछ कुमार साह, लहान नगरपालिका-२० हरीनगरा बस्ने ४० वर्षीय श्रीदेव महतो र सुनसरी रामधोनी नगरपालिका-९ बस्ने ३९ वर्षीय श्रवण कुमार चौधरी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय लहान र अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले लहानबाट ठाडीतर्फ जाँदै गरेको डब्लुबि ०६ एफ ७२३२ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार उमेश कुमारको साथबाट भारतीय ४ लाख रुपैयाँ, जिवछ कुमारको साथबाट भारतीय १ लाख २९ हजार रुपैयाँ र श्रीदेव महतोको साथबाट नेपाली ४९ हजार रुपैयाँ फेला पारी कारका चालक श्रवण कुमार चौधरी समेतलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई बरामद रकम तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल