Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारत र चीनसँग सम्वाद थाल्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत नेपालको भूमिबारे भारत र चीन दुवै देशसँग संवाद गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ती जारी गर्दै उच्चस्तरीय कूटनीतिक प्रक्रियामार्फत लिपुलेकको मुद्दा हल गर्न सरकारको ध्यानाकर्षण गराएको हो । सगौली सन्धीलगायतका प्रमाणका आधारमा महाकाली पूर्वको भू–भाग नेपालको रहेको उल्लेख गर्दै कांग्रेसले हाल देखिएको विवाद समाधानका लागि भारत र चीन दुवै देशसँग संवाद गर्नुपर्ने आवश्यकता औंल्याएको हो । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरी नेपाली स्वाधीनता माथि ठाडो हस्तक्षेप गरेको उल्लेख गर्दै कांग्रेस प्रवक्ता शर्माले भारतको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् ।


सम्बन्धित समाचार