Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारदारी सभामा ठेकेदार भट्ट भान्से

काठमाडौं । राजनीतिक रुपमा पतित वैचारिक रुपमा स्खलित भएको नेकपाको भारदारी सभाको नाटक आज सरकारी भुत बंगला बालुवाटारमा आयोजना हुन्छ हुँदैन थाहा छैन । आफ्नो पद बचाउन कथित राष्ट्रवादको मुकुण्डो लगाएर धर्म पत्नी राधिका शाक्यलाई आफ्नै पतिको देशभक्ति र नीगिगत लूट प्रेमले कति सचेत गराएको छ थाहा छैन । तर ओलीलाई प्रभू मानेर देश लुटिरहेका सुकुम्बासी विष्णु पौडेल, हुकुमबासी ईश्वर पोखरेल, शंकर पोखरेल, शेरधन राई, डोरमणि पौडेलको क्षमतामा प्रश्न उठिरहेको छ । तर पनि सरकारको बंगलामा बैठक बस्दा भारदारी सभाका प्रथम पाइलट सहभागी हुन जरुरी ठानिएन । बैठक माधवलाई समान कुर्सी वामदेवलाई सत्ता, नारायणकाजीलाई भाग, बालदलाई पित्को दिने कुरामा केन्द्रीत छ ।
षड्यन्त्र जालझेल पार्टीभित्रकै सहकर्मीमाथि गरेर कुट्ने पिस्ने, सताउने सडाउने धर्म जानेको तत्कालिन एमाले जासुसहरूको पार्टी थियो । त्यहाँ सुभाष नेम्वाङ अग्नि खरेल, सुशील प्याकुरेल, सिआइए र युरोपेली युनियनका जासुस छँदैछन् । १४ वर्षे जेल राजनीति योग्यता उनको डनवाद अस्वीकार गर्ने माथि महेश बस्नेतहरूको मुक्का प्रयोग गरेर एमालेको आठौं महाधिवेशनदेखि दासहरू चराएर सिंह बनेका केपी ओलीलाई ठेकेदार दिपक भट्टको जति माया छ पार्टीको छैन । त्यही कारण उनको सरकारले मध्यझरीमा चेपाङका घर पोल्छ ।
भारदारी सभाका ईश्वर पोखरेल, विष्णु पौडेल, जनार्दन शर्मा, वर्षमान पुनले ठेकेदार दीपक भट्टलाई साष्टङ्ग दण्डवत गरेहुन्छ । उनीहरूको कमाईको स्रोत सेना, प्रहरी र ऊर्जाको नाममा ठेकेदार भट्टले गर्ने अपराधको आम्दानी हुने गर्छ । भारदारी सभामा कामको चिन्ता छैन । लकडाउनमा खान नपाएर मरेका सूर्य तामाङ, भाडा माझ्ने जागिर खोसिएर छ दिन पैदल धनुषा आएर थला परेका जीवनजल नपाएर मरेका राजु सदा होउन् वा बाँके नैनापुरको क्वारेन्टाइनमा रोगले छटपटिएर जीवन गुमाएका युवाको बारेमा भारदारी सभामा छलफल हुँदैन । कोरानाले ३५ लाख युवाको रोजगारी गुम्यो । कम्युनिष्ट पार्टीका अब्बल ठेकेदारहरू केपी ओली पुष्पकमल दाहाल माधव नेपाल, वामदेव गौतमको दिमागले कुनै एजेन्डा ल्याएन । ओलीका दलाल र अनुचर नहुँदा संविधानले व्यवस्था गरेका आयोगहरू रित्तै छन् । विश्वविद्यालयमा उपकुलपछि छैनन् । चुनाव हारेका ओली गुटका चम्चाहरूलाई विश्वविद्यालयहरू र संवैधानिक आयोगका प्रमुख र सदस्यमा नियुक्ति गर्न भारदारी सभाबाट निर्णय भएको सुन्न बाँकी छ ।
घनश्याम भुसाल, योगेश भट्टराई, हिमाल शर्मा, लेखनाथ न्यौपानेहरूको गणना यहाँ छैन । ओलीवादले यागेशलाई थला पारेको छ । बालुवाटार, खुमलटार, कोटेश्वरका सामन्तवादको अवशेषलाई धुम्बाराही र पेरिस डाँडामा सजाइएका विश्व सर्वहारावर्गका नेताहरूको तस्बिरले छुँदैन । बरु प्रचण्ड र ओलीको फोटो झुण्ड्याएर दाशहरूलाई सान देखाइन्छ । अति भएपछि खति हुन्छ, अपराध कुर्लन्छ कतिको देखिएको छ कतिको बाँकी छ ओलीको देवत्वकरण गरेर देश लुटेका लुटाहाहरू विचारले चुस्त छैनन् कार्यक्रम र योजनाले विश्वासी छैनन् । चुनावमा भात खुवाएर भोट लिएका खरानेहरूको घुमाउने कुर्सी र शिसाको महलप्रति थुक्ने दिन आउँछ । यो भारदारी सभाको प्रायोजन गर्ने ठेकेदार दिपक भट्टको काम धमाधम गर्ने निर्णय भए पनि नौलो हुँदैन ।