Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारी वर्षाको कारण राष्ट्रिय सभागृह जलमग्न,धमाधम पानी फाल्ने काम भैरहेको छ

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ । गए रातिको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो ।

ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ । सभागृहको भुइँतलास्थित मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ ।

काठमाडौं महानगरपालिका मातहतको सभागृहमा महानगरकै केही कार्यालय पनि छन् । महानगरका ती कार्यालय रहेको भवनमा पनि पानी पसेको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ९बालेन० र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यसअघि यहीँ थियो । हाल मेयर र उपमेयरको कार्यालय कमलादीमा छ ।
जलमग्न भएको परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ ।