Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। ज्योतिषको भर परेर छैटौं पटक प्रधानमन्त्री हुन चुनाव गराइरहेका शेरबहादुर देउवाका गआडि प्रधानमन्त्रीको कुरा गर्दा गगनलाई चुनाव जितन कति सहज होला ? चुनाव अगावै आफूलाई प्रधानमन्त्री स्वघोषित दाबी गरेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा नजिकिँदै गएको निर्वाचनमा काठमाडौं ४ बाट उम्मेदवारी दिएका छन्। विद्यार्थी राजनीति हुँदै चौधौँ महाधिवेशनबाट पार्टी महामन्त्रीको राजनीतिक यात्रा तय गरेका थापा पार्टीभित्र प्रखर वक्ताको रुपमा परिचित छन्। आफूलाई लागेको बिषय स्पष्ट ढंगले ब्यक्त गर्नु उनको विशेषता हो। सदनमा समेत प्रष्ट र खरो रुपमा प्रस्तुत हुने उनका कतिपय अभिब्यक्ति चर्चित समेत भएका थिए । एमसीसी पास भएर नेपालमा अमेरिकि सेना आए आफूलाई थानकोट कटाउनु भन्ने उनको संसदमा ब्यक्त गरेको भनाइ सर्वत्र चर्चाको बिषय बनेको थियो। यीनै कांग्रेस नेता थापाले आफूलाई भावी प्रधानमन्त्रीको दाबी गरेका छन्। उक्त अभिब्यक्ति राजनीतिक यात्रामा कोशेढुङगा साबित हुन्छ या उनको लागि प्रत्युत्पादक हुने हो, सर्वत्र चर्चा परिचर्चा र चासोको बिषय बनेको छ। उनको प्रधानमन्त्रीको दाबेदारीले आगामी राजनीतिक यात्रामा सहजता होला कि सकसपूर्ण भन्ने बारेमा राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। कतिपयले उनको प्रधानमन्त्रीको दाबेदारी कांग्रेसमा पुस्तान्तरणको मुद्दा उठान गरेको भन्दै उनलाई हौसाउने जमात समेत बढ्दो छ। थापाको भावी प्रधानमन्त्री घोषणा आफैमा निकै चुनौतीपूर्ण कार्य हो। जसले आफूलाई लाभ हानी भन्दा पनि कांग्रेसमा पुस्तान्तरणको आवाज उनको घोषणाले मुखरित गरेको छ। यद्यपि यसले उनको राजनीतिक जीवनमा उल्लेख्य प्रभाव के पर्छ भन्ने प्रश्न पछिल्लो समयमा निकै पेचिलो बनेको छ। कांग्रेसमा शेखर कोइराला पक्षधर भनेर चिनिएका थापा प्रधानमन्त्री देउवाको आलोचकका रुपमा चिनिन्छन्। उनको यस अभिब्यत्तिले संस्थापन पक्षले कसरी लिएको छ। त्यो सबैका लागि कौतुहुलताको बिषय छ। चार दलीय गठबन्धनबाट निर्वाचनमा होमिएको कांग्रेसमा हालका प्रधानमन्त्री शेरबहादुर देउवालाई नै मंसिर ४ पछि गठबन्धन सरकारको प्रधानमन्त्रीको रुपमा कांग्रेसकै नेताहरुले चित्रित गरिरहेका छन्। गठबन्धनकै दलहरुले आफूलाई प्रधानमन्त्रीको आकांक्षा ब्यक्त गर्दै गर्दा कतिपयकोे मंसिर ४ पछि सत्ता गठबन्धनमा यही कारणले किचलो उत्पन्न हुने आशंका समेत छ। कांग्रेसकै देउवा पक्षधर नेताहरुले प्रधानमन्त्रीको दाबी गरिरहदा थापाको समेत आकांक्षाले कांग्रेसभित्र किचलो उत्पन्न हुने समेत आशंका ब्यक्त गरिन्छ। यद्यपि पार्टी भित्रको शक्ति सन्तुलनको दृष्टिले संस्थापन पक्ष नै बलियो रहेको छ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल