Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज

काठमाडौँ । सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज गरेको छ। अध्यागमन विभागको प्रस्तावमा गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार ६ बुँदे मापदण्ड खारेज गरेका हुन् । योसँगै सरकारले अब भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, दुईतर्फी हवाई टिकट र आफू स्वेच्छाले यात्रा गर्न लागेको स्वघोषणा भए पुग्ने गरी नयाँ मापदण्ड लागू गरेको अध्यागमनका एक अधिकारीले बताए । यसअघि ६ बुँदे मापदण्डमा दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, ६ महिना अवधि भएको वैध राहदानी, वैध भिसा, आफन्तकोमा बस्ने भए तीन पुस्ते विवरण खुल्ने कागजात लगायतका प्रावधान राखिएका थिए। सो मापदण्डको विभिन्न क्षेत्रबाट आलोचना हुँदै आइरहेका बेला गृहमन्त्री अर्यालले त्यसलाई खारेज गरेका हुन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल