Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका –६ स्याउली मा कारभित्र मृतावस्थामा फेला परेका तीन बालकको मृत्यु निसासिएर भएको तथ्य भिसेरा रिपोर्टबाट खुलेको छ । इलाका प्रहरी कार्यालय दाङका अनुसार तीन बालक कार भित्र मृत अवस्थामा भेटिएपछि गरिएको अनुसन्धान अनुसार निसासिएर मृत्यु भएको खुलेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले भने, ‘हामीले बालकको मृत्युको अनुसन्धान गरिरहेका थियौँ । अहिले भिसेरा रिपोर्ट आयो, त्यो रिपोर्ट हेर्दा निसासिएर अक्सिजनको अभावले र कार्बनमोनोअक्साईडले गर्दा निसासिएर मृत्यु भएको देखिएको छ ।’ उनले अझैपनि घटना अनुसन्धानकै क्रममा रहेको बताए । वैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत अवस्थामा फेला परेका थिए। मृतकमा तुलसीपुर ६ बरूवा गाउँका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार थिए।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल