Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भीआईपी क्याभिनमा प्रधानमन्त्री

काठमाडौं । अकस्मात स्वास्थ्यमा समस्या आएपछि टिचिङ अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिक्सको शल्यक्रियापछि अपरेशन थिएटरबाट क्याभिनमा सारिएको छ ।प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको शंक्रमण मुक्त (अति विशिष्ट) क्याभिनमा सारिएको हो । प्रधानमन्त्री सारिएको क्याभिनमा सघन उपचारका लागि आवश्यक सबै व्यवस्थापन गरिएको छ ।
करिब ४५ मिनेट लगाएर अपरेशन गरिएपछि प्रधानमन्त्री ओलीलाई क्याभिनमा सारिएको अस्पताल प्रशासनले जनाएको छ । प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राखिने एक चिकित्सकले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भेट्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहित सत्तारुढ दल नेकपाका केही नेताहरु अस्प्ताल पुगे पनि भेटघाट गर्न भने दिइएको छैन । अहिले प्रधानमन्त्री पत्नी राधीका शाक्य बाहेक अन्य व्यक्तिलाई भेटघाट गर्न नदिइएको अस्पताल स्रोतले जानकारी दियो ।


सम्बन्धित समाचार