Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भीम रावल आज नेकपामा समाहित हुने

काठमाडौँ । पछिल्लो समय ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिया नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल आज बुधबार काठमाडौँमा कार्यक्रम गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । पार्टीको हाइकमाण्डमा सदस्य रहने गरी रावललाई भूमिका हुने बताइएको छ । रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेको हो । आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भएका हुन् । बुधबार दिउँसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल