Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । छिमेकी भारतले थपि दिएको भूटानी शरर्णाथीको पिडामा ३ बर्षसम्म चासो नदिएका प्रधानमन्त्री केपि ओलीले आफू सत्ताबाट बाहिरिने बेलामा भुतानी शरर्णाथी नेता टेकनाथ रिजालसँग भेटघाट गरेका छन् । उनको यो भेटघाटले सन् १९५० को नेपाल भारत बिचको असमान सन्धीलाई देखेको छैन । लामो समय देखि पूर्वी नेपालको झापा र मोरङमा राखिएका अन्तराष्ट्रिय अप्रबासी संगठन (आइओएम) को रेखदेखमा रहेमा शरर्णाथीहरुको समस्या अहिले झन् चर्किने अवस्था छ ।
अन्तराष्ट्रिय अप्रबासी संगठनले हात झिकेपछि छट्पटाएका शरर्णाथीहरुलाई आफ्नो देशमा जान पाउने हक भुटानी शासकहरुले बन्देज लगाए पनि लोकतन्त्रको प्रहरेदार मानिएको विशाल भारतीय शासकहरुको कठोर चरित्रले टुङ्गोमा पुग्न सकिरहेको छैन । प्रधानमन्त्री केपि ओलीले आफ्नो कार्यकालमा शरर्णाथी समस्या समाधान गर्ने बचन दिएर टेकनाथ रिजाललाई फर्काएका छन् । नेपालमा रहेका भुटानीहरु अधिकांश अष्ट्रेलिया अमेरिका गइसकेका छन् । बाकी रहेका भुटानीहरुको आफ्नो देशको परिचय खोल्ने कागजपत्र भएपनि नेपालको परराष्ट्र मन्त्रालयले छानबीन गर्ने र भुटानी सरकारसँग उसका नागरिक लैजान छलफल गर्ने अवस्था भने सिर्जना गरिएको छैन । नेपालमा प्रजातन्त्र स्थापना हुना साथ भुटानी शासकहरुबाट खेदिएका नागरिकहरु भारतीय बाटो हुदै नेपाल प्रवेश गराउने गरिएको थियो ।
भारतको अधिनमा अर्थतन्त्र र प्रशासन रहेको भुटानमा राजाको शासन छ । राजाहरु देश भक्त हुन्छन् । जनप्रिय हुन्छन् भन्ने परम्परागत मान्यतालाई भुटानी राजवंशले अस्विकार गरेको अवस्थामा नेपालमा रहेका भुटानीहरु तत्काल स्वदेश फिर्ता हुने वातावरण बन्छ कसरी ? कतिपय आइ एन जी ओहरुको कमाई बनेका शरर्णाथीहरुलाई नेपालबाट अष्ट्रेलिया अमेरिका जस्ता देशहरुमा पठाउदा समेत पैसा खाने गरिएको चर्चा थियो । तर त्यस्को छानबीन भएको थिएन ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल