Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भुत्ते काँग्रेसका महामन्त्री नै अराजक

काठमाडौं । कुनै पनि दलका महामन्त्री वा महासचिव पार्टी सभापति र अध्यक्षका विश्वास प्राप्त हुनुपर्छ । पार्टी नीति र विचार अनुसार पार्टीको कार्ययोजना बनाउने दायित्व तिनको हुन्छ । तर काँग्रेस, एमाले र माओवादीका महासचिव एवं महामन्त्रीहरू अध्यक्ष र सभापतिका सारथी छन् कि विमती जनाउने जोकर हुन् छुट्याउन नसक्ने भएका छन् । काँग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मा पार्टी सरकारमा भएकोमा जिम्मेवार छैनन् । जनता कालो बजारले ग्रस्त छन् । उद्योग, बाणिज्य, आपूर्ति मन्त्री काँग्रेसका छन् तिनले प्रश्न गर्दैनन् । जबकि पार्टीको आपूर्ति विभाग प्रमुख गुरु बराल दलाल हुन् । कानुनमन्त्री आफ्नै टिमका धनराज गुरुङ छन् । गुण्डा नाइके योगराज ढकाल रिगलको ज्यान मुद्दा माफी भयो । तर गगन र विश्वले पार्टी पदाधिकारी बैठकमा अडान लिएनन् । विभागको कार्यक्षेत्रको बनोटमै वर्ष कटाउने काँग्रेसले फूर्ति लगाउने ठाउँ छैन ।
सभापति देउवा उपस्थित सर्वदलीय बैठकबाट सरकारलाई टिकटक र सामाजिक सञ्जाल बन्देज गर्ने निर्णय भयो । तर महामन्त्रीद्वयले विरोध गरे जबकि सरकारमा काँग्रेस नै प्रमुख हस्ती छ । सञ्जालले काँग्रेस, एमाले, माओवादी नेताको बदनाम गर्दा कुनै दल बाँकी थिएनन् । राजनीतिक परिवर्तनसँगै आएको सञ्चार क्षेत्रको फड्कोले ल्याएको अराजकतालाई पनि सामान्य नागरिक झैं गैर राजनीतिक टिक्का टिप्पणी गर्ने गगन र विश्वले काँग्रेस सुधार्ने अवस्था छैन । पार्टीले सत्ता पाउँदा जनजीविकासँग जोडिएका मुद्दा कसरी उठायो, सरकारले कति र कसरी सम्बोधन ग¥यो त्यसतर्फ युवा नेता भनिएका काँग्रेसले कतै चासो देखाउँदैन । तर उनीहरू डनवाद र धनवादमा सरिक छन् ।

देखियो महामन्त्रीको हैसियत !
आफ्नै पार्टीका १६ विभागको नेता चयन गर्ने तर कार्य समिति पूर्ण गर्न नसक्ने महामन्त्रीद्वय लफङ्गा भएका छन् । विधानमा प्रत्येक अधिकार सभापतिलाई दिलाएर महामन्त्री अधिकार विहीन बनाउने गगन थापाको बोली र व्यवहारबाट उनकै टिमका नेता र कार्यकर्ता रुष्ट भएका छन् । अलपत्र पार्टीले भएका विभाग निर्माण गर्न नसक्ने तर २० वटा विभाग बनाउने विधानत व्यवस्था गर्ने प्रवृत्ति गलत हो । त्यो कुरा प्रदीप पौडेल जस्ता गल्ला भारदारले कहिल्यै पार्टीमा उठाएका छैनन् । जबकि १५ भदौमा विभागको अध्यक्ष तोकेर सभापतिले सदस्य मनोनित गर्ने व्यवस्था डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गरेका हुन् । विधानमै सभापतिलाई अग्राधिकार दिएपछि कुरा काट्ने नैतिकता यिनको छैन । विपक्षी नेता डा. शेखरको हकमा पनि त्यो लागू हुन्छ ।

लुट्ने काँग्रेस, फूर्ति यिनको
राष्ट्र लुट्ने कामको शुरुवात काँग्रेसले ग¥यो । सुजाता जोष्ट, डा. रामशरण महत, रामचन्द्र पौडेल, डा. आरजु राणा, मञ्जु खाँण, बालकृष्ण खाँण जस्ताले कमाएको सम्पत्ति राष्ट्रियकरण हुन्छ ? असक्षम, असफल अर्थमन्त्री काँग्रेसकै, कालो बजार चम्काउने, आपूर्ति मन्त्री काँग्रेसकै, जनतालाई सिटामोल नदिने बीर अस्पतालमा आतंक मच्चाउने अरवांै राज्यकोषबाट खर्च गरेर स्वास्थ्य उपकरण थुपार्ने तर प्रयोगमा नल्याउने स्वास्थ्यमन्त्री मोहन बस्नेत पनि काँग्रेसकै । मरेका मान्छेको मत सदर गरेर चुनाव जितेर कानुन मन्धत्री भएका धनराज कसका हुन् ? काँग्रेसले चुनावमा वम बनाउँदा फड्केर दर्जनौं घाइतेलाई बेहोस बनाएर इँटा भट्टामा पोल्ने रौतहटका अफताव आलामलाई पनि जेलमुक्त गराइँदैछ । गगन, विश्वप्रकाश, प्रदीपका फेसबुकमा पार्टीभित्रका अपराधीकरणमा साक्षी बस्न लाज हुन्छ कि हुँदैन ? कुकुर भुक्ने, हात्ती लम्कने ताल काँग्रेसमा छ । धर्मको आडमा जनमत सहज हुनसक्छ । त्यो बेला क्रिश्चियन मेशिनरीबाट संविधान बन्दै गर्दा हजम गरेको डलर पचाउन युवा नेता भनाउँदालाई सकस पर्छ । पार्टीको भुत्तेपन सुधार्न नसक्ने पार्टी कार्यकर्ताको मतभेदबाट सभापति जितेका शेरबहादुर देउवालाई झपार्ने जैरुहरू पार्टीमा दुई तिहाई केन्द्रीय सदस्य, संसदमा दोब्बर सांसद छन् भन्ने ज्ञान छ कि छैन । संस्थापनलाई कमजोर बनाएर नेतृत्व लिने भए महासमिति र नीति अधिवेशनमा आफ्नो पहुँच देखाए हुन्छ । सत्ता स्वार्थको रिसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धम्क्याउने हैसियत गगन र विश्व जस्ताको छैन । किनकि बाख्रेकाजीका कुरा बिक्न छाडेका छन् । मदर टेरेशा प्रतिष्ठानका सदस्य विश्वप्रकाशको हालत पनि उस्तै हो । प्रकाशमान, विमलेन्द्रले डा. शेखरलाई रोज्ने आँट नगर्नुको कारण राजनीतिमा जेष्ठता हो ।

बाख्रे काजीको फूर्ति
व्यक्तिगत रूपमा सबै कुराको जिम्मा सभापतिले लिने अवस्था छैन । काँग्रेस ठूलो पार्टी कसरी भयो ? के छ काँग्रेसलाई जनताले ठूलो पार्टी बनाउनु पर्ने बाध्यता ? गगनलाई थाहा छ ? देशमा अभाव, महंगी, बेरोजगारी बढेको छ । कथित युवा महामन्त्रीहरू समस्या समाधानका एजेन्डा ल्याउन पनि सक्दैनन् । सरकारका निर्णयमा तत्काल टिका टिप्पणी गर्न जति सहज छ त्यो रूपमा संयुक्त सरकारको बाध्यता किन भयो त्यसबारे ध्यान दिँदैनन् । जस्तालाई त्यस्तै व्यवहार गर्न सकिन्छ । गठबन्धन बिना गगनले समेत अब चुनाव जित्न कठिन छ । मौका पाए किसानले पाउने कृषि अनुदान झ्वाम पार्ने गगनले आदर्शका कुरा गर्नै पर्दैन । प्रदीप पौडेललाई काठमाडौैं ५ ले जिताउनु पर्ने बाध्यता एमालेका भष्मासुर ईश्वर पोखरेल हुन् । तर प्रदीप चुनाव जितेपछि जनसम्पर्कमा छैनन् । उनी पनि विद्यार्थी नेता हुँदा गल्ला बनेको समाचार आउँथ्यो । त्यो सत्य हो भन्ने कुरा त्यो प्रतिनिधिले स्वीकार्छ । चुनाव एक्लै लडेको भए डा. शेखरको फूर्ति ०७४ कै जस्तो हुन्थ्यो । ०७४ मा हराएका देउवाले ०७९ मा त्यस्तै गर्दैनथे भन्ने थिएन । ठूलो पार्टी बन्न माओवादी र समाजवादीदेखि मसालसम्मको साथ लिने राष्ट्रपति बन्न तिनको भोट प्यारो हुने सबैतिर काम फत्ते भएपछि प्रधानमन्त्री प्रचण्डलाई धम्क्याउन गगन थापा जस्ता ठेट्नाको दशा अब शुरु हुन्छ । गगन भारतीय दलाल नै हुन् । समय आएपछि टुरिष्टहरू प्रदीप जस्ता पराजित हुने छन् डा. शेखरको के कुरा ! अरुको कुरा काट्दा आफू ठिक हुनुपर्छ । राष्ट्र लुट्ने, बेरोजगार बढाएर कालो बजार चम्काउने हामी ठूला पार्टी हामी सबैतिर भनेर दम्ब देखाउँदा वामपन्थी सहकार्यको बाटो खुलै भएको हेक्का तिनले राखे हुन्छ । गगनकै चुनाव क्षेत्र कपनको खोलो कब्जा गर्नेहरू कसरी नांगै भएका छन् ? यो स्थिति झापामा पनि छ ।