Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भूकम्प पीडितका लागि माओवादीको ५० लाख सहयोग

काठमाडौं। जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि राजनीतिक दलहरुले सहयोग गर्ने क्रम चलिरहेको छ । यसै क्रममा सरकारको नेतृत्व गरेको नेकपा९माओवादी केद्र०ले भूकम्प पीडितका लागि राहतस्वरुप ५० लाख सहयोग गरेको छ । उपाध्यक्ष पम्फा भुसाल लगायतका माओवादी नेताहरुले सिंहदरबारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाखको चेक हस्तान्तरण गरेका हुन् । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले व्यापक धनजनको क्षति भएको छ । उक्त क्षेत्रका पीडितको राहतका लागि राजनीतिक गतिविधि स्थगन गरेर सबै दलहरु सहयोगमा जुटेका छन् ।