Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पुस २७ गतेका लागि तय भएको छ । काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन हुने तय भएसँगै त्यसपक्षीय नेताहरू तयारीमा लागेका छन् । अनामनगरस्थित सिंहदरवारको पूर्वी गेटनजिकै रहेको विशेष महाधिवेशन सचिवालयको समन्वयमा तयारी गरिएको छ । करिब एक हजार स्वयंसेवक हुने स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले जानकारी दिए। उनका अनुसार भृकुटीमण्डपमा आजदेखि मञ्च निर्माणको काम सुरु हुनेछ । विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको छ । उता संस्थापन समूहले भने विशेष महाधिवेशनको काउन्टरमा युवा भेला, केन्द्रीय सदस्यहरूको भेला डाकेको छ । अहिले विशेषको कार्यालयमा विभिन्न समितिमा रहेकाहरूले आ(आफ्नो तयारी गरिरहेका छन् । केही नेता कार्यकर्ता भने भृकुटीमण्डपमा पनि भेला हुन थालेका छन् ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल