Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भेरोसेल खोप यी अस्पतालमा फेरि लाउन सुरु

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले स्थगित गरेको खोप अभियान सोमबार अर्थात आजदेखि सुरु गरेको छ । भेरोसेल खोप अभाव भएपछि दुई दिनअघि स्थगित गरेको अभियान सोमबारदेखि मंगलबारसम्म सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । २५ जेठदेखि ५ दिनसम्म खोप अभियान सञ्चालन गर्ने भनेपनि खोप अभाव स्थगित गरिएको थियो । यी दुईको अवधिमा पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप दिइने काठमाडौँ महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले बताएका छन् । भेरोसेल खोप उपत्यकाका चार स्थानबाट दिन सुरु गरिएको छ । खोप वीर अस्पताल, शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालबाट दिइनेछ । जेठ १ सम्म सञ्चालन हुने खोप अभियान बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल