Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भैरहवा पुगेका पूर्वराजाको बढ्यो व्यस्तता

भैरहवा। एक साताअघि भैरहवा आएका पूर्वराजा ज्ञानेन्द्र शाह औपचारिक कार्यक्रमसँगै अनौपचारिक भेटघाटमा व्यस्त भएका छन्। औपचारिक कार्यक्रमभन्दा अनौपचारिक भेटघाटमा उनको व्यस्तता बढी देखिन्छ। उनी पुष ८ गते यहाँ आएका थिए। यहाँ आएको एक सातासम्म उनी एउटा मात्रै औपचारिक कार्यक्रममा सहभागी भए। शनिबार उनले शिवराज नगरपालिका—३ खैरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरे। यही पुष १९ गते भैरहवामा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। नागरिक अभिनन्दन समितिका संयोजक डा। रामप्रसाद बस्यालले पूर्वराजालाई भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी भएको जानकारी दिए। पुष १४ गते कपिलबस्तुको सकाएका उनी १७ गते परासी जाने समितिले जनाएको छ। पूर्वराजा शाह श्रीमती कोमल र नाति हृदयन्द्रसहित यहाँ आएका हुन्। उनी पाँचतारे होटल सिद्धार्थ भिलासामा बसेका छन्। उनले बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी बृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिरलगायतका स्थान भ्रमण गर्ने नागरिक अभिनन्दन समितिका सदस्य सचिव गोपाल शर्माले बताए। नागरिक अभिनन्दनका लागि विभिन्न उपसमिति बनाएर तयारी थालिएको छ। कार्य सम्पादन उपसमिति, प्रचार प्रसार उप–समिति, आर्थिक व्यवस्थापन, मंच व्यवस्थापन समिति, प्रचार प्रसार, सुरक्षा, अभिनन्दन तयारी, अनुगमन, संघ—संस्था समन्वय, राष्ट्रिय झण्डा व्यवस्थापन, यातायात तथा जन परिचालन, स्वंयसेवकउप–समिति गठन गरेको नागरिक अभिनन्दन मुल आयोजक समितिका सदस्य सचिव शर्माले जानकारी दिए। पूर्वराजा २१ गते काठमाडौं फर्किने छन्।


सम्बन्धित समाचार