Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलाप्रसादलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक बनाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको एभिएसन सेफ्टी एन्ड सेक्युरिटी विभाग प्रमुख रहेका भोलाप्रसाद गुरागाइँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको छ ।
विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीलाई भने कर्मचारी प्रशिक्षण प्रतिष्ठान प्रमुखका रुपमा सरुवा गरिएको छ । प्रतिष्ठान प्रमुख रहेका देव चन्द्र लाल कर्णलाई भने प्राधिकरणमा अहिले गुरागाइँले नेतृत्व गरिरहेको सेफ्टी डिपार्टमेन्टमा ल्याइएको छ ।
प्राधिकरणका नयाँ महानिर्देशकका रुपमा नियुक्ति भएपछि राजकुमार क्षेत्रीले विभिन्न विभागमा फेरफेर गरेका हुन् । हेरफेर भएको जिम्मेवारी सोमबार बाट लागू हुनेछ ।