Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलिदेखि पशुपतिनाथ खुल्ने

काठमाडौं । कोरोना कहरसँगै बन्द रहेको आरध्यदेव पशुपतिनाथ मन्दिरमा आज क्षामा पूजा हुँदैछ । प्राचीनकालदेखि नियमित पूजा हुँदै आएको मन्दिरमा लामो समयदेखि बन्द हुँदा क्षामा पूजा गर्न लागिएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डाक्टर प्रदीप ढकालले क्षमा पूजापछि बुधबारदेखि नागरिक स्वास्थ्य सुरक्षा मापदन्ड अपनाएर बुधबारदेखि दर्शनार्थीका लागि खोलिन लागिएको जानकारी दिए ।
बुधबारदेखि मन्दिरको पश्चिम ढोकामात्र खोलिनेछ । सोही ढोकाबाट प्रवेश गर्ने र त्यहीँबाट बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन । नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो ।


सम्बन्धित समाचार