Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलिबाट कतारमा कोरोना भ्याक्सिन

दोहा । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप सोमबार साँझ कतार आइपुगेको छ । भ्याक्सिन यहाँ आपुगेसंगै बुधबारबाट खोप लगाउन थालिने हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग प्रमुख डा। अब्दुल्लातीफ अल खलले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् । कतारले महामारीविरूद्ध आफ्नो इतिहासको सबैभन्दा ठूलो खोप कार्यक्रम सुरु गर्न लागेको डा। अल खलले बताए । सोमबार दोहामा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा।खलले खोप वितरण गर्ने पहिलो चरण डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने समेत बताए ।
७० वर्ष वा माथि उमेरका सबै व्यक्तिहलाई खोप दिइनेछ । कोभिड–१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू पनि खोपको प्राथमिकतामा पर्नेछन् । मुख्य मन्त्रालयहरूमा पहिलो भूमिका खेल्ने आधारभूत कार्यकर्ताहरूलाई खोपमा प्राथमिकता दिइने जनाइएको छ। १६ वर्ष वा सो भन्दा बढी उमेर समूहका गम्भीर र दीर्घ रोगीहरूका लागि खोप उपलब्ध हुने डा। अल खलले बताए ।
सुरुमा कतारले यहाँका सात प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू मार्फत खोप दिने जनाएको छ । अल वजबा, लीबाइब, अल रुबैईस, उम सलाल, रावदत अल खाइल, अल थुमामा र मुइथर स्वास्थ्य सेवा केन्द्रहरूबाट खोप लिन सकिनेछ । यसका लागि छानिएका बिरामीहरूलाई फोन वा एसएमएस मार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरू मध्ये कुनैबाट खोप दिइने मिति सूचित गरिनेछ।
कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।


सम्बन्धित समाचार