Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलिबाट काठमाडौंका सरकारी कार्यालय खुल्ने

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनले बन्द काठमाडौंका सरकारी कार्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंसिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्चालन हुने भएको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि धेरैजसो सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । अधिकांश कर्मचारीहरु घरमै बसिरहेका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।


सम्बन्धित समाचार