Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलि केयुकेएलले सिइओ पाउने

काठमाडौं । आखिर तिरेश खत्री आफ्ना योजनामा सफल भएका छन् केयुकेएल बोर्डको शनिबारको बैठकले एडिबीका कन्स्ल्ट्यान्ट अशोक पौडेल, उमेश मरहठ्ठा र डा. डोलेन्द्रप्रसाद चापागाईको नाम छनोट गरेको छ । एडिबीको ऋणमा बनेको मेलम्ची खानेपानी परियोजनाको पूर्वाधार पूर्ण भएको छैन । त्यसका लागि अहिले पनि सरकारले खर्च गरेको छ भने त्यो परियोजनाकै अंग आयोजना कार्यान्वयन निर्देशनालयको तेस्रो चरणको कामले पूर्णता पाएको छैन् । बाँकी ठाउँमा पाइप विस्तारको काम भइरहेको छ । केयुकेएल जस्तो प्राविधिकहरूको जमघटमा अर्थशास्त्रका विद्यार्थी भिœयाउने योजना अनुसार एडिबीका कन्सल्ट्यान्ट सुमन शर्मा र महेश मरहठ्ठालाई केयुकेएल बोर्ड अध्यक्ष खत्रीले सिइओ छान्ने परिक्षामा कन्सल्ट्यान्टका रुपमा भिœयाउनु नै शंका थियो । उनीहरूले राष्ट्रबैङ्कसँग जोडिएका अशोक पौडेललाई छनोट गर्ने गरी प्रस्तुतीकरणमा धेरै नम्बर दिँदा अख्तियार समेत दंग प¥यो । अख्तियारले फाइल तान्यो जाँचे झैं गरी फिर्ता ग¥यो । त्यहाँ ४ वर्षदेखि बोर्ड अध्यक्ष भएका तिरेशप्रसाद खत्री नै दंग परे । किनकि त्यहाँ पनि पैसाले काम ग¥यो । बोर्डमा जता टेक्यो त्यतै तहस नहस बनाइएको संस्थालाई सुधार गर्ने प्राविधिक जनशक्ति नै जरुरी थियो । तर अध्यक्ष खत्रीले त्यो अवाश्यकता भन्दा जागिरको अन्तिम समयमा राम्रै आम्दानी गर्नतर्फ लागे । पौडेलको पक्षमा एडिबी नै देखियो । आफ्नो प्रतिनिधि केयुकेएलमा प्रवेश गराउँदा आयोजना आलटाल गर्ने र नेपाललाई ऋण थुपार्न एडिबीलाई सहज हुने थियो । एडिबीको कुनै पनि सहयोगका योजना समयमा सम्पन्न भएका छैनन् । खानेपानी र सिंचाईको क्षेत्रमा त्यसको ऋणको मात्रा ठूलो छ । तिरेश खत्रीले भोलिको जागिरको मेलो मेसो पूरा गर्नका लागि पनि अशोकको पक्ष लिनै पर्ने भयो । खत्रीको यो जालमा स्थानीय तह र चेम्बरका प्रतिनिधि बनेर बोर्ड सदस्य भएकाहरूले सघाए । जागिरको अन्त्यकालमा खानेपानी मन्त्रालयको सहसचिव तिरेश खत्रीले केयुकेएललाई धरासायी बनाएर छाड्ने भएका छन् । कर्मचारी संगठनहरूले परिक्षा लिएपछि समयमा सिइओ नियुक्त नगर्ने खेलको संगठित रुपमा विरोध गर्ने तयारी गरेपछि शनिबार बोर्ड बैठक बसेर योजनावद्ध रुपमा अशोकलाई नियुक्त गर्ने गरी नाम प्रकाशन गरी बुधबार अन्तर्वार्ता तोकिएको हो ।