Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलि बस्ने संघीय संसदको बैठकको पूर्व तयारी

काठमाण्डौ । भोलि अपराह्न ४ बजे संघीय संसद् अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । संसद सचिवालयले ब्यक्तिगत दुरी कायम गर्नेगरी सिट ब्यवस्था गरेको, सांसदको बैठक कक्षमा प्रवेश गर्नुअघि तापक्रम नाप्ने, स्यानिटाइजर, मास्क लगायतको व्यवस्थापन गरेको संघीय संसदका प्रवक्ता डा। रोजनाथ पाण्डेले जानकारी दिएका छन् । साथै यो पटक संसद बैठक बस्नुअघि कोरोना परिक्षण भने नगरिने भएको छ । सरकारले लकडाउनको अन्त्य गरेर सामान्य अवस्था बनेको र सम्पूर्ण सांसदहरुलाई कोभिड बिरुद्धको दोश्रो मात्रा खोप लगाइएकाले कोरोना परिक्षण नगरिने प्रवक्ता पाण्डेले बताएका छन् । संसद बैठकको संभावित कार्यसूची तय गर्नका लागि बैठक बस्दै गरेको उनको भनाइ छ । गत साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति बिद्या भण्डारीले बुधबारका लागि संघीय संसद बैठक आह्वान गरेकी हुन् ।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल