Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलि बिहान ८ बजे राष्ट्रिय गानसँगै ताली बजाऔं

काठमाडौं । सम्पूर्ण शक्ति र साधन स्रोत अहिले कोरोनाविरुद्ध परिचालन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको युद्धमा अग्र मोर्चामा रहने चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो । त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान छ ।
प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।


सम्बन्धित समाचार