Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलि माओवादीको निर्णायक बैठक

काठमाडौं । निर्णायक मानिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक भोलि आइतबार बस्न लागेको हो । एक स्थायी कमिटी सदस्यले बैठक आइतबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आह्वान गरिएको जानकारी दिए । बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले एकर दुई दिनमै औपचारिक बैठक बोलाउने निर्णय गरेको थियो । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर हुने निर्णय गरेको परिवेशमा बस्न लागेको बैठकलाई महत्त्वका साथ हेरिएको छ । लगत्तै स्थगित केन्द्रीय कमिटी बैठक पनि बस्ने भएकोले उक्त बैठकका एजेन्डा तय गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेर त्यसलाई केन्द्रीय कमिटीमा अनुमोदनमा लैजाने सक्ने ती स्थायी कमिटी सदस्यले जानकारी दिए । २३ फागुनमा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिए पनि अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । पुनर्स्थापित माओवादी केन्द्रले पार्टीको नयाँ संगठनका संरचना समेत बनाइ नसकेकोले यसपटकको केन्द्रीय कमिटी बैठकले ती विषयमा निर्णय लिनेछ। संगठन पुनः संरचनाबारे माओवादी केन्द्रले कार्यदल समेत बनाएको थियो । पार्टीको नाम फेर्ने एजेन्डा पनि माओवादी केन्द्रको छ ।