Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलि सरकार न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौं । काँग्रेससँगको सत्ता गठबन्धन परिवर्तन गरी एमालेसँगको सत्ता गठबन्धनमा गएको माओवादी नेतृत्वको सरकारलाई निर्देशित गर्ने सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ । शनिबार १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो । सरकारका न्युनतम् साझा कार्यक्रम बनाउनका लागि सत्तारुढ पाँच दलबाट दुई÷दुई जना गरी १० जनाको कार्यदल बताइएको थियो । उक्त कार्यदलले मस्यौदा सकेर प्रधानमन्त्री प्रचण्ड र शीर्ष नेताहरुलाई बुझाएको छ । उक्त मस्यौदा शीर्ष नेताहरुले अन्तिम रुप दिएर आगामी सोमबार सार्वजनिक गरिने तयारी रहेको छ । देशको अहिलेको अवस्थालाई उकास्ने विषय, युवाहरू विदेश पलायनबाट रोक्ने उपाय र उत्पादन वृद्धि गर्नेलगायतका विषय समेटेर सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको बताइएको छ । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा। मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा एकीकृत समाजवादी बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।


सम्बन्धित समाचार

रुस–चीन धु्रविकरण र नेपाल

२०८१ जेष्ठ २

ताजा नेपाल

लडाइँमै बित्नेभो प्रदेशको राजनीति

२०८१ जेष्ठ २

ताजा नेपाल

स्वार्थ र समस्याको जालोमा प्रचण्ड

२०८१ जेष्ठ २

ताजा नेपाल