Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भौतिक पूर्वाधार मन्त्रालयले त्यो देखेन

काठमाडौं । निजामती पेशाबाट हटनासाथ संवैधानिक निकाय निर्वाचन आयोग, अख्तियार, राष्ट्रिय सूचना आयोग, लोकसेवा आयोग, त्रिभुवन विश्वविद्यालय, परराष्ट्रका नियोगहरू मात्र होइन, उस्तै परे अदालतमा समेत न्यायाधीश हुन पाइन्छ भने पनि पछि नहट्ने नेपालको निजामती प्रशासनका डनहरू नै निजामती कर्मचारी विधेयकमाथि कपर्दी खेल्दैछन् । जिल्लाको सिडियोदेखि शक्तिशाली मन्त्रालयको सविच रहेर दलका नेताको सेवक भएका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव गोकर्ण दुवाडी, भौतिक पूर्वाधार सचिव केशव शर्माहरूको दौडधूपले सरकारी तह दंग छ । गर्ने यिनले यस्तै हो । किनकि दलहरूको स्वार्थी चरित्र प्रशासनमा पनि सरेको छ । काँग्रेसकी कुलदेवीलाई भाउजु, एमालेकी राधिका शाक्यलाई आमा, प्रचण्ड पुत्री गंगा र रेणुलाई बहिनी बनाएर फाइदा लिने केशव शर्माहरूको ताल निजामती विधेयकमा कुलिङ पिरियड राख्न हुन्न भन्ने हो । नेपालको निजामती प्रशासनका सुकिला मुकिलाहरूका लागि यो व्यवस्था भन्दा निरंकुश ज्ञानेन्द्र शाह र कमल थापाको कार्यकाल ठिक थियो । किनकि त्यो बेला यी छट्टाउन पाएनन् । खान्न खान्न लोकाचार, खान लागे मानाचारका धनी सचिव शर्माको मंसिरमा पदावधि सकिन्छ, भाउजु र बहिनीलाई प्रयोग गरेर लोकसेवा ताक्नु स्वाभाविक छ । जसले भक्तपुर, काठमाडौं दू्रतबस सेवाका नाममा प्रकाश ज्वाला जस्तो भौतिक पूर्वाधारमा अनविज्ञ नेतालाई फसाए । सूर्य विनायक रत्नपार्क चलेको दु्रत मार्गका ती गाडी कहाँ छन् । सडकमा पोतिएको रंग खुइलियो । त्यहाँ खर्च कति भयो ? जुन कामको प्रभावकारिता थिएन त्यहाँ नेता फसाउने प्राविधिक ज्ञान भएका शर्माहरू केपी ओली र प्रचण्डले विश्वास गरे तर काँग्रेसले ऊर्जामा खेदेपछि ऊर्जाबाट फेरि भौतिकमा फर्केर आफ्नो क्षमता देखाए । ऊर्जाबाट भौतिकमा ल्याउन कमल गिरी मार्फत् कसले सिफारिश ग¥यो । बानेश्वरको एभरेष्ट होटल अगाडिको आइलाइनका योजनाकार सचिव केशव शर्मा थिए । त्यहाँ सडक समृद्धिका नाउमा विदेशी पैसा खर्च भयो । दुर्घटना त्यही हुन्छ । सडक विभागको महानिर्देशक हुँदै सचिव बढुवा भएको प्राविधिक राज्यलाई कुलिङ पिरियड नराख भन्दै मोर्चामा उत्रन्छन् भने प्रजिअदेखि गृहसचिव हुँदै प्रधानमन्त्री केपी ओलीले रुचाएको मुख्यसचिव एकनारायण अर्यालको प्रशासनकि कमाण्ड आफ्नै स्वार्थको लागि हो ? नेता जस्तै लुटाहा यो टिमका धम्कीले सरकार डराउन पर्दैनथ्यो । यस्तालाई तह लगाउने युवा शक्ति छ । परिक्षा लोकसेवाले लिन्छ जागिर छाड्ने धम्की यिनको आए राजीनामा लिन राज्य सत्ता तयार हुन किन नसकेको ? किनकि बहिनी र भाउजुहरू त दक्षिणा चढाउँदासम्म आफ्ना हुन्छन् । सडक मर्मतको पीडा उस्तै छ । भौतिकलाई मर्मतका नाममा १ खर्ब, ७ अर्ब बजेट आउँछ सडक विभागले कति समन्वय गर्छ ? मेरो चेम्बरमा ठेकेदारको फाइल छैन, रोकिनन भन्ने सचिव शर्माले काम गरेर भुक्तानी नपाएका कति ठेकेदारको मर्का बुझे ? प्रधानमन्त्री उनकै विश्वासी अर्थमन्त्री उनकै देवेन्द्र दाहाल कुर्सीका भौतिकमन्त्री देखिए पनि मन्त्रालयको नीतिगत संरचनामा उनी आफैं मन्त्री हुन् । जसले सडकको कहाँ, कति कसको खर्च कसरी हुन्छ बुझेका छन् । असारे खेती थान्को लगाउने मेलो यिनैलाई थाहा छ । यस पटक यी प्रशासकले यातायात व्यवसायीले यातायात बन्द गर्दा सरकारको ठाउँबाट यात्रुको सेवा कति गरे ? सरकारका बसहरू परिचालन गरी यातायात नहुँदा सडकमा अलपत्र यात्रुलाई सहयोग कति पु¥याए ? सशस्त्र प्रहरी र नेपाल प्रहरीले सकेको सेवा गरे । सरकारकै खर्चमा चलेका साझा यातायातले भएका बस समेत सबै चलाएन । साझाका २२ बस चलेको दाबी गरिन्छ । सरकारका कर्मचारी बोक्ने र मन्त्रालय विभागमा घाम तापेका बस दिउँसो चलाएको भए बल्ल सरकार छ यो सरकार जनताको हो भन्ने सन्देश जान्थ्यो । तर यी कुलिङ पिरियडले छटपटाएका प्रशासकले त्यो सोचेनन् ।


सम्बन्धित समाचार

अदालत हाजिर भए धवल

२०८२ असार २

ताजा नेपाल

अब संसद रोक्ने अवस्था छैन

२०८२ असार २

ताजा नेपाल