Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भ्याक्सिन तयार हुन अझै १८ महिना लाग्न सक्ने डब्ल्युएचओको भनाई

एजेन्सी । विश्व समुदायले व्यग्र प्रतिक्षा गरिरहेको कोरोना विरुद्धको भ्याक्सिन निस्कन अझै समय लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बताएको छ । डब्लुएचओले कोरोना भाइरसको भ्याक्सिन तयार हुन अझै १२ देखि १८ महिनासम्म लाग्ने बताएको हो । कोरोनाको भ्याक्सिन तयार पार्न कैयन् देश लागिरहेका बेला डब्ल्युएचओको यस्तो भनाइ आएको हो । विश्वमा फैलिएका यस्ता महामारीको भ्याक्सिन तयार हुन समय लाग्ने र सबैभन्दा कम समय इबोला भ्याक्सिन बनाउन लागेको भन्दै डब्लुएचओले जनाएको छ । साथै डब्ल्युएचओले भ्याक्सिन बन्न समय लाग्ने भन्दै कोरोना महामारीबाट सचेत हुन भनेको छ । डब्लुएचओका अनुसार सामान्य भ्याक्सिन बनाउन ८ देखि १० वर्षसम्म लाग्न सक्छ । एक अध्ययनका अनुसार विश्वमा केहीले कोरोनाबाट बच्न आफ्नो रोगप्रतिरोधात्मक क्षमता विकास गरेका छन् । विश्वका कैयन् देशमा कोरोना संक्रमण लाखौंको संख्यामा फैलिएको छ । यस्तो अवस्थामा महामारीका रुपमा फैलिएको कोरोना रोक्न भ्याक्सिन नै एक विकल्प भएको पनि डब्ल्युएचओले जनाएको छ ।