Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भ्रमकुमारी संस्थाले भगवान कृष्णको अपमान गर्दै फैलाएको भ्रम !

  • गाेपाल पाल्पाली आचार्य

यो किताब कथित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय भन्ने मिसनरी संस्थाले छापेको किताब हो । यसमा भगवान कृष्णको अपमान गरिएको छ । कृष्ण भगवान हैनन र भगवानको अवतार पनि हैनन भनिएको छ ।
एकातिर यिनिहरू हिन्दू धर्मशास्त्रका पुराणहरू सब काल्पनिक हुन् भन्छन् । कुरुक्षेत्र जस्तो सानो ठाउँमा कसरी त्यत्रो ठुलो युद्ध हुनसक्छ भनेर कुतर्क गर्छन्, अनि अर्कोतिर कृष्णको शरीरमा कथित शिवबाबा (भगवान शिव हैन) प्रवेश गरेर भागवतगीताको ज्ञान् दिए भन्छन् । कस्तो कुतर्क ? महाभारत नै काल्पनिक हो भने कुन चैं कृष्णले कुन चैं अर्जुन लाई कुन प्रसंगमा किन गीता ज्ञान् दिए त ? यस्ता दोग्लाहरू वैदिक सनातन धर्म बिरोधि हुन् । सनातन धर्मका शास्त्र काल्पनिक पनि भन्ने अनि सनातनी धर्मका गीताको सार बिगारेर नयाँ पन्थ पनि खडा गर्ने ? यस्तो सनातन बिरोधि ब्रह्माकुमारी संस्थालाई नेपालमा प्रतिबन्ध लगाउनुपर्छ ।
ब्रह्माकुमारी संस्थाले छापेको यो किताबमा यस्तो कुतर्क गर्दै भगवान कृष्णको निन्दा गरिएको छ । जसलाई मैले नेपालीमा अनुवाद गरेको छु । एकपटक हेर्नुस् !
मानिसहरूले भगवान कृष्णलाई वैकुण्ठ नाथ भन्छन् । तर उनी आमाकोकोखबाट जन्मिए, आमाको हेरचाहमा रहे, गुरुबाट शिक्षा लिए, जीवनको लीला गर्दागर्दै उनको इहलीला समाप्त भयो र उनको मृत्यु भयो । श्रीकृष्णले अवतार लिएनन, सांसारिक जन्म लिए । त्यसैले श्रीकृष्ण सृष्टिकर्ता होइनन् सृष्टि हुन ।
यसरी तुलना गर्दा स्पष्ट हुन्छ कि श्रीकृष्ण लाई भगवान भन्न सकिदैन । आमाको गर्भबाट जन्मेकोले अवतार पनि भन्न सकिँदैन । श्रीकृष्णका अन्य गुणहरू पनि भगवानका जस्ता छैनन् ।
अब प्रश्न उठ्छ भगवानको हो ? निराकार परमात्माले कुन भौतिक रूपमा आश्रति लिए ? कुन तरिकाले ग्रहण गरे र गीतामा वर्णित ज्ञान कसरी दिए ? यो एउटा प्रश्नको सहि उत्तर फेला परेपछि अन्य अनुत्तरित प्रश्नहरूको उत्तर सजिलै देखिनेछ । त्यसकारण हामीले यो प्रश्न उठाएका छौं ।

भगवानको परिचय
जब भगवानको अवतारको सन्दर्भमा भगवानको चर्चा हुन्छ
तसर्थ, यो निर्विवाद छ कि भगवानको कुनै दिव्य रूप छ र दिव्य धाम पनि छ । जहाँबाट उनि यस संसारमा अवतरण गर्छन् र कुनै मानव शरीरमा प्रवेश गरेर अभिव्यक्त हुन्छन । यसलाई स्पष्ट गर्नका लागि गीतामा भगवान भन्नुहुन्छ ’म अव्यक्तमूर्त हुँ’ अर्थात् मेरो रूप त छ तर यसको भौतिक (प्रकट) रूप छैन । भगवानले यो पनि भन्नुभएको छ कि ‘यस आकाश तत्वभन्दा बाहिर एउटा अव्यक्त तत्व छ, त्यो नै मेरो परम धाम हो ।’
आफ्नो जन्म र कर्मको वर्णन गर्दै भगवानले भन्नुभयो, ’मेरो जन्म र मेरो कर्म दैवी हो । म साधारण मानिसजस्तै जन्मेको होइन तर प्रकृतिलाई नियन्त्रण गरेर अस्तित्वमा आएको हुँ । यसबाट स्पष्ट हुन्छ कि आमाको गर्भबाट जन्मेकाहरू ईश्वरको अवतार हुन सक्दैनन् । त्यसकारण कृष्ण भगवान पनि हैनन र भगवानको अवतार पनि हैनन ।
यसरी कुतर्क गर्दै भगवान कृष्णको अपमान गर्ने यो ब्रह्मकुमारी संस्था लाई कसरी हिन्दू धर्मको प्रचारक संस्था मान्न सकिन्छ ? यिनिहरू भगवान शिव मान्छौं भन्छन् तर शिव पुराण मान्दैनन् । भागवतगीता मान्छौं भन्छन् तर भागवतगीता कृष्णले नभै कथित बाबाले दिएको ज्ञान् भन्छन् । मुर्ती पुजा मान्दैनन् तर लेखराज भन्ने पाकिस्तानी हिरा ब्यापारीको तस्वीर पुजा गर्छन् । हिन्दूले गर्ने कुनै पनि कर्मकाण्ड गर्दैनन् । अनि कसरी हिन्दू ? यो संस्थाको असलीयत सबैले बुझ्नु जरुरी छ । धेरै नेपाली हिन्दूहरू नबुझेरै यसमा लागेका छन् ।

नेपालमा इसाई दलाल कसरी चिन्ने ?
१) जसले ‘ब्राह्मणवाद’ तथा ‘बाहुनवाद’ भन्ने शब्द प्रयोग गर्छ ।
२) शास्त्रको ‘वर्ण ब्यवस्था’ लाई ‘जात ब्यवस्था’ भनेर प्रचार गर्छ ।
३) सबै समस्याको कारक तत्व हिन्दू धर्म मात्र देख्छ ।
४) गाई गोरुको मासु खाने आफ्नो संस्कृति हो भन्छ ।
५) धर्म निरपेक्षको आडमा हिन्दू धर्मको मात्र बिरोध गर्छ ।
६) देखावटी रूपमा आफुलाई बौद्ध मार्गी भन्छ तर उसको टार्गेट हिन्दू धर्म मात्र हुन्छ । बौद्धको खोल मात्र ओढेको हुन्छ तर बौद्ध हुँदैन ।
७) आफुलाई नास्तिक या धर्म सँग कुनै सरोकार नराख्ने भन्छ तर ब्यवहारमा हिन्दूको मात्र बिरोध गर्छ । इसाई र मुसाइको गर्दैन ।
८) धर्म निरपेक्षको अर्थ सबै धर्म बराबर हुन् भन्छ तर गाई खानेले पनि गाई पुज्नेको सम्मान गर्नुपर्छ भन्दैन ।
९) इसाई हुनु वा नास्तिक हुनु भनेको बिज्ञानको मार्गमा चल्नु हो भन्छ तर वेद नै बिज्ञानको मुल आधार हो भन्ने तथ्य थाह हुँदैन ।
१०) संसारमा हिन्दूधर्म र बाहुन क्षेत्री हुन्थेनन् भने संसारभर कुनै समस्या हुन्थेनन् भन्छ । तर इजरायल र प्यालेस्टाइनको युद्ध होस् वा रुस र युक्रेनको युद्ध त्यसको नाजायज बाउहरूको कारण भएको देख्दैन । त्यहाँ ज्ञान् पेल्न सक्दैन ।
११) नेपाल धर्म निरपेक्ष हुनुपर्छ भन्छ तर त्यो ज्ञान् अफगानिस्तान, पाकिस्तान, इराक, साउदी जस्ता मुस्लिम देशमा गएर बोल्यो भने के हालत हुन्छ हेक्का राख्दैन ।
१२) बाहुन क्षेत्री बिदेशी शरणार्थी हुन् भन्छ तर नेपालमा आफ्नै पू्र्खाको पहिचान नभएकोले कथित पहिचानको माग चर्काउँछ । (सबैलाई चेतना भया)


सम्बन्धित समाचार