Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भ्रष्टहरूलाई केयुकेएल बन्यो स्वर्ग

काठमाडौं । जनताको सेवा भन्दा आफ्नो कमाउ धन्दालाई जोड दिने राष्ट्र सेवक खोज्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड गए पुग्छ । केयुकेएलमा महाप्रबन्धक छन् इञ्जिनियर मिलन शाक्य । उनले आफ्नो टिम कसरी परिचालन गरे, राजधानीका जनताको खानेपानी समस्या समाधान गर्ने सपनाको मेलम्ची फेरि सपना बन्छ कि भन्ने चिन्ता थियो तर मन्त्री उमाकान्त चौधरीले ३ महिनामा काठमाडौंवासीलाई पानी खुवाउने कुरा गरेका छन् र उनले चिनियाँ कम्पनीलाई नै मेलम्चीको गेगर फाल्ने ठेक्का दिँदैछन् । मेलम्चीको प्राविधिक पाटो प्राविधिकहरूले मन्त्रीलाई कसरी ब्रिफिङ गरेका छन् ? त्यही मेलम्चीको पानी राजधानी आउँदाको व्यवस्थापन गर्न केयुकेयलको प्राविधिक टोली कति सक्षम छ त्यो जान्ने पात्र कार्यकारी निर्देशक मिलन शाक्य हुन् । तर उनी कमाईमा लागेका छन् । उनलाई उपभोक्ताको मर्काबारे चासो छैन । मन्त्रीले तत्काल हटाउन सक्ने अवस्था पनि छैन । शाक्य त्यो पदमा आउँदा बोर्ड समक्ष गरेको कबुलियत नाममा पल्टाउने हो भने प्रगति छैन । स्पष्टीकरण सोध्ने बोर्ड बैठक हुँदैन । चुहावट मर्मत हुन छाडेको छ ।
महेश भट्टराई महाप्रबन्धक भएको बेला चुहावट नियन्त्रण गर्दाको तस्वीर सहित बील पेश गर्नु पर्ने नियम बनाए । तर शाक्यले आफूलाई फाइदा गर्न त्यो नियम धोती लगाए । मर्मतका नाममा हुने भ्रष्टाचारको लेखाजोखा छैन । चुहावट बढीरहेको छ । शाक्यबाट केयुकेयल चल्दैन भन्ने निष्कर्ष कमचारीहरू नै निकाल्न थालेका छन् । अहिले २ ठाउँको मर्मत हुँदा ५ वटा बिल बन्छ । कर्मचारीमा आफ्नै श्रीमतीको नाउमा कम्पनी खोल्ने र अफिसको काम आफैंले लिनेको प्रतिस्पर्धा छ । जे जति भ्रष्टाचार भएको छ त्यसको संरक्षक सिइओ शाक्य नै हुन् । उनलाई धन खर्च गर्दाको सम्झना छ । यिनले मर्मतका नाममा ललितपुर, भक्तपुर, काठमाडौंका १६ वटा कार्यालयलाई सक्रिय बनाउन सकेको खण्डमा सरकारको योजना सफल हुन्छ । अब उपत्यकाभित्र पानीको हाहाकार झन बढ्दैछ । केयुकेएलको खर्चमा रेखदेख गर्ने उपत्यका खानेपानी व्यवस्थापन बोर्ड हो । त्यहाँ केयुकेयल बुझेका संजीव राणा कार्यकारी छन् । मिलनहरूलाई कर्मचारी नेता र श्रीमती ठेकेदार भएकोमा रमाइलो हुन्छ । जावलाखेलका विकास महर्जनलाई त्यहींका प्रमुख डिवी चापागाईंले भरपूर साथ दिएकै छन् । महर्जन सुपर भाइजर हुन् । शिनियर पलम्बर नहुँदै महर्जनले श्रीमतीको नाममा कम्पनी दर्ता गरेका हुन् । शाखाको मिलेमतोमा कम्पनी दर्ता भएको हो । नेपाल कन्स्ट्रक्सन र पिएस कन्ट्रक्सन यिनको हो । राजधानीको ठूलो शाखा ललितपुरमा हुने आन्तरिक लुट भैसेपाटीमा रहेको बोर्डले पत्तो पाए पनि आँखा चिम्लनैपर्छ । मिलेमतोमा मर्मतको काम लिँदा भुक्तानी लिँदा लेखा देखि कार्यालय प्रमुखसम्मलाई घुस खुवाउनु पर्ने भएपछि बाहिरका ठेकेदारले केयुकेयलको मर्मत टेण्डरलाई चासो दिँदैनन् । उता ठिमीमा सहायक प्राविधिक अधिकृत राजकुमार श्रेष्ठको कब्जामा छ । थुमा गणेश उनकी श्रीमतीको नाममा दर्ता भएको कम्पनी हो । महाराजगञ्जमा सुपरभाइजर कुमार सिंखडाको जगत बन्दे कन्स्ट्रक्सन प्रालि र सिनियर पलम्बर टीका विष्टको कम्पनीले एक छत्र रजाई गरेका छन् । हरेक महिना केयुकेयलमा धारा नामासारीको निवेदन पर्छ । त्यस्ता निवेदन सबै शाखाबाट संकलन गरी सिइओ शाक्यको सचिवालयले सूचना प्रकाशित गर्छ र रकम झ्वाम पार्छ ।
खरिद, मर्मत जस्ताको भुक्तानीबाट कमिशन आफैं झ्वाम पार्ने भएपछि कर्मचारीले शाक्यलाई साथ दिन छाडेका छन् । काँग्रेस, एमाले, माओवादीका कर्मचारी नेता काम गर्दैनन् । काम नगर्ने मन्त्रीको चेम्बरमा धाउने पिआईडीका कर्मचारी सरुवा गर्नु प¥यो त्यहाँ सबै माओवादी छन् भन्ने दुष्टहरू आफ्नो रुप देखाउँदैछन् । मन्त्री काँग्रेस भएकाले प्रोजेक्टमा रजाई काँग्रेसको नाममा हुनुपर्छ भन्ने डन चरित्रका ठगहरू पनि त्यहीं छन् । तर वर्तमान सरकारमा माओवादी छ भन्ने पत्तो तीनलाई छैन । पिआईडीमा बस्दा करोडौंको समान स्टोरमा दाखिला नहुँदै भुक्तानी दिलाएर लट्टीपट्ी पार्नेबहादुरहरू केयुकेयलमै ठेक्का पट्टा मिलाउने गर्छन् । भ्रष्टाचार सकेको गरेका तिरेश खत्रीले प्रोजेक्टको लुटमा कर्मचारीमाथि रेकी गर्न नसक्दा पिआईडी आर्थिक रुपमा भ्रष्टाचारमै चर्चामा पनि आएको हो ।
राजधानीवासीले धारामा पानी नआए पनि महशुल तिर्नै पर्ने केयुकेएलको नेतृत्व जनताप्रति उत्तरदायी नहुने विचित्र यहाँ छ । आफू सिइओ बन्दा कबोल गरेका संस्था सुधारको योजना मिलनले कति पूरा गरे त्यसको चासो केयुकेयल बोर्डले लिने हो तर तिरेश खत्री जस्तो काममा असक्षम र पैसाको उन्मादी देखाउने मान्छे केयुकेएलको अध्यक्ष भएकाले आन्तरिक लुटमा मिलन शाक्यको समूह चम्केको हो । उनलाई कर्मचारीको साथ छैन । मन्त्री चौधरी केयुकेयलको व्यवस्थापन सुधार्ने पक्षमा छन् । उनले काम नगर्ने डन कर्मचारी जोसुकै होस् त्यस्ताको जासुसी पत्याए भने झन् भद्रगोल निम्तिन्छ । मन्त्रालय अन्तर्गतका प्रमुखहरूलाई एक एक कामको विवरण लिने र काम दिने आँट मन्त्रीले गर्नासाथ डन र ठेकेदार सिंहदरबारबाट टाढिन्छन् । तर पैसाको लोभमा फसे भने मेलम्चीको पानी सपना हुने स्थिति फेरि हुन्छ । किनकि काम नगरी ठेक्का पट्टा शुरु नभएसम्म मन्त्रीको खल्ती भरिँदैन । मन्त्रीमाथि आरोप छ, पैसा नखाई मन्त्री उमाकान्त काम गर्दैनन् । त्यही कारण सानै होस् खानेपानी मन्त्रालय भने पनि नछाड्ने निर्णयमा उनको टिम पुग्यो र मन्त्रीमा उमाकान्तलाई खटायो भन्नेहरू काँग्रेसभित्रै छन् । उता संस्थानमा महाप्रबन्धकको खोजी छ । त्यहाँ संस्थागत सुधार भन्द लुटकै प्रतिस्पर्धा छ ।