Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौं । जनतालाई हावाका योजना प्रस्तुत गरेर आफैं मात्र देशभक्त, अरु सबै राष्ट्रघाती भन्ने केपी ओलीले पैसा कमाउन गरेका धन्दा धमाधम पर्दाफाँस भएका छन् । ओली देशभक्त थिए भने राष्ट्रघाती महाकालीको समयमा नेपालले १२ खर्व १२ अर्व हरेक बर्ष भारतसँग पाउँछ भन्ने थिएन् । त्यो वेलाका हिस्सेदार देवराज घिमिरे संसदको सभामुख छन् । यीनले अपराध कर्मका एमाले संसदलाई पक्राउ गर्न अनुमति लिन केपीको स्वीकृत लिनुपर्छ ।
पदमा अर्याल भूमिसुधार मन्त्री भएका बेला भूमाफिया गिरोह निकै चम्कियो । त्यसको फाइदा दिलाउन दिपक मलहोत्रा सफल भए । मलहोत्राले अर्पाटमेण्ट दिलाए पछि पदमा अर्यालले झापाको गिरी वन्धुटि स्टेट र पूर्वराजाको चिया वगानलाई अनेत्र सार्न सरकारले सहमति दियो । ज्ञानेन्द्रको चिया बगानले स्थानीय तहलाई कर बुझाएको छैन् । चिया वगान अनेत्र सार्ने त्यो ठाँउमा वस्ती वसाउने दिपक मलहोत्राको योजना सफल बनाउने नेकपा एमाले कति जन पक्षिय ?
ओलीको विस्वास पात्र पदमा अर्यालका श्रीमान पनि भूमाफिया हुन् । यहाँ मलहोत्रा र अर्याल श्रीमानको सम्वन्धमा पर्वतका सांसद पदम गिरी पनि जोडिएका छन् । ओलीकाल देशमा माफिया गिरीको स्वर्णिम युग नै हो । भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी पात्र हुन् । योजनाकार उनै केपी हुन् भन्ने कुरा लुकाउनै परेन् । अन्त शुल्क स्टिकर, पैसासम्म छाप्ने सेकुरिटी प्रेस काण्ड ओलीको अर्को डिजाइन हो । जसले विकल पौडेललाई फसायो आँफू जोगियो । फ्रान्सेली कम्पनीलाई काम दिने भनेर ७ अर्व रूपैयाँ तलमाथि गरायो । फ्रान्सेली कम्पनीको एजेण्ट विजय मिश्र जमानीको एजेण्ट थामसेर्कू बनेका थिए । गोकूल बाँस्कोटा जमानी कम्पनी निकट भएपछि मिश्रले ७० करोड डिलको भिडियो पर्दाफाँस गराए । गोकूलले पद छाडे । जमर्नी १८४७४ मिलिनियम यूरो ८ अर्व फान्स १०० मिलियन युरो ६ अर्वको कुरा थियो । जमर्नीको लिने यीनको योजना भत्कियो । विकलको टीम आरोपी भयो गोकूल र केपी उम्केका छन् ।
एमाले देशभक्त जनप्रिय पार्टी हो । तर अध्यक्ष केपी ओली उपाध्यक्षहरू ईश्वर पोखरेल, रामबहादुर थापा सचिव टोपबहादुर रायमाझी महाभ्रष्ट रहेछन् । जसले ओम्नि, भुटानी शरणार्थी र सेक्युरिटी प्रेसमा दरिलो कमाई गरेछन् । यति होल्डिङ्सको ७२ रोपनी जमीन योगेश भट्टराई पर्यटनमन्त्री बन्दा वतासलाई सुम्पेको पशुपति धर्मशाला पार्टी अध्यक्षकै अदृष्य आम्दानी भएको उनीहरू नै बताउँछन् । वाईडवडीमा संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदन हिजो केपीले थान्को लगाए । त्यसको भण्डाफोर यो सरकारले गर्ने आँट देखाउँदा योगेश समेत भ्रष्ट हुनेछन् ।
मुलुक कम्युनिष्टले सुर्धादैनन् भन्ने कुरा एमालेका यस्ता नीतिगत निर्णय काफी छन् । जुन निर्णय वर्तमान अवस्थामा भ्रष्टाचार विरुद्ध उर्लेको जनमतले कदर गर्छ । तर सरकारले आँट गर्छ की खुट्टा कमाउँछ शंका छ । पदमा अर्यालले भूमाफियालाई सघाउन कित्ताकाट खोलिन् । यो सरकारले किसानको हितमा गर्ने भनेर कित्ताकाट खोलेर रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको साथ लिएको हो । माफिया एमालेमै थरीथरीका थिए । तर तीनको पहिचान खुल्दा केपी ओली नक्कली भुटानीका सम्वन्धमा नायक बनेको देखियो ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल