Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भ्रष्टाचारमा डुबेको गृह प्रशासन

काठमाडौं । गृहमन्त्री हुन जोड गर्नेले प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धनको कमाण्ड त गर्थे नै ती संस्थामा हुने भर्ति तथा सरुवा बढुवाका नाममा कुम्लो मात्र भरेनन् । गृहले हरेक वर्ष आसाचपुका नाममा र गुप्तचरी सूचनाका नाममा बिल भर्पाइ, लेखा अडिट बिना हजम गर्ने करोडौंमा लोभी आँखा खञ्चुवापन प्रवेश गर्दा पनि लडाइँ भएकै हुन्थ्यो । तर अहिले जस्तो नांगो हिजो थिएन । काँग्रेसका गोविन्दराज जोशी, खुमबहादुर खड्का, विजय गच्छदार, विमलेन्ध्र निधि, बालकृष्ण खाँण, रमेश लखेक गृहकै कारण बदनाम भए । गृहमन्त्रीकै कमाण्डमा प्रहरी परिचालनबाट हुने एयरपोर्टको सुन तस्करी होस् वा प्रहरीले अपराधी बचाएर संकलन गर्ने रकम किन नहोस् । गुप्तचर अहिले गृहअन्तर्गत छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना आफैंले लिने र झार्ने काममा फलदायी भूमिका खेल्न आफ्नै अभियानमा गुप्तचर लगेकै हुन् ।
गृहमा पुगेर गृहकै नाममा बदनाम नभए पनि भौतिक पूर्वाधार मन्त्रालय मार्फत् भएको लुटमा विजय बदनाम भए । तर काँग्रेसले पार्टीको पदमा निलम्बन गरेन । खुमबहादुर र गोविन्दराज पार्टी केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्रीसम्म भए । खड्का फुटेको काँग्रेसको महामन्त्री बन्दा जोशी कोइराला पक्षका सहमहामन्त्री थिए । यी दुवैलाई अख्तियारले दोषी ठहर ग¥यो । पछिल्लो समयमा बालकृष्ण खाँण जसरी नक्कली भुटानी शरणार्थी प्रकरणमा फसे, यहाँ पैसा धेरै देउवा पत्नी डा. आरजु राणाले खाइन् । तर जेल पर्ने खाँण भए । मानव हतया भन्दा पनि क्रूर अपराध ज्यूँदा मान्छे बेचेर नेता धनी हुने लोकतन्त्रमा खाँण पूर्व गृहमन्त्रीकै नाताले जेल परे, धरौटीमा छुटे भने त्यही काण्डका तत्कालिन गृहसचिव टोकराज पाण्डे जेलमै छन् । अहिले रमेश लेखक गृहमन्त्री छन् । उनले त नेपालका युवा बेरोजगारहरूलाई पर्यटकीय भिसा दिलाएर देश अनुसार रकम हसुर्ने जस्तो जघन्य अपराध भएको छ । पार्टीका नेताको अपराधमा पार्टी त लाग्यो नै प्रधानमन्त्रीले समेत संरक्षण गर्दा कति दिन जोगिन्छ । काँग्रेसलाई यस्ता कुरामा चासो छैन । पार्टीकै बदनाम भएको छ । व्यवस्था बिगार्ने नेताको आर्थिक अवस्था सुधार्ने जस्ता काम गणतन्त्रका नाममा भएका छन् । बदनाम वापमन्थीबाट गृहमन्त्री भएका रामबहादुर थापा, नक्कली भुटानी शरणार्थी काण्डको शुरु गर्ने हुन् । बालकृष्णको खेती रमेश लेखकको मरीमेटी एउटै हो ।


सम्बन्धित समाचार