Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । उदयपुरबाट हाम्रा सम्वाददाताले दिएको जानकारी अनुसार, जिल्लाको तेस्रो पुरानो मा.वि. स्थापना २०२१ को त्रियुगा मा.वि. भनेर चिनिएको विद्यालयमा २०६९ सालदेखि प्रधानध्यापक हुन आएका स्थानीय व्यक्ति शुभाष विष्टले यो सात वर्षको अवधिमा पूरै विद्यालयलाई भ्रष्टाचारमा डुवाएको प्रमाणित भएको छ । विगत २०७७ साल चैत ५ गते उनले गरेका अनियमितता र भ्रष्टाचारबारे केही सचेत नागरिकले अख्तियार दुरूपयोगमा पनि निवेदन दिएका छन् । तर सम्बन्धित निकायले खासै चासो राखेको छैन । यदाकदा बाटोमा बजारका चिया पसलमा विद्यालय सम्बन्धी चर्चा उठ्दा प्र.अ. सुभाष विष्ट भन्ने गर्दछन्, सुनिन्छ कमाएको रकमको थोरै प्रतिशत छुट्याए पछि, अख्तियारका कर्मचारी लट्टिहाल्छन् नि, सुन्ने मान्छेहरू हाँस्तछन् के यसमा वास्तविकता छ त ?
धेरै जनाको जवाफ आउँदछ हुन पनि सक्तछ ?
त्रियुगा मा.वि.का प्रधानअध्यापकले गरेको भ्रष्टाचार र अनियमितताको फिहारिस्ता यस प्रकार रहेको छ । विगत १५ महिना देखि उनले विद्यालय व्यवस्थापन समिति गठन गर्ने पहल गरेका छैनन् । कारण व्यवस्थापन समितिमा आफ्नो सुरक्षा गर्ने व्यक्ति चुनिने या न चुनिने बारे उनी सशंकित रहेका छन् ।
सरकारी रकम दुई करोड निकाश भएको हो, भवन निर्माणका लागि । भवन निर्माण गर्दा टेण्डर आहन गर्नु पर्नेमा उनले आफ्नै लिढे ढिपीबाट कानूनको वास्ता नगरी भवन निर्माण गरेका छन् त्यसको फाइफर्गत भएको छैन । स्थानीय तह, त्रियुगा नगरपालिका, शिक्षा हेर्ने कर्मचारीको विशेष दवाव भइरहेको भएता पनि उनी मौन छन् । टार्ने पक्षमा देखिन्छन् । टार्दै छन्, स्थानीय तह दरो भएको छैन । नेपाल सरकारको नियममा प्रचालित कानून अनुसार टेण्डर आह्वान जरुरी नै थियो । समय टार्दै जाने र पूरानो कुरा भनेर हिनामिना गरेको रकम पचाउने उनको नियत प्रष्ट देखिन्छ । देखावटको लागि गरिएको लेखा परीक्षणमा एउटै लेखापरिक्षक राखी वील भौचर मिलाउँदै आफू निर्दोष देखिन खोजेका छन् । अंग्रेजी माध्यमका विद्यार्थीलाई सरकारले दिएको सहयोग रकम छात्रबृत्ति २०७३ साल देखि विद्यार्थीलाई दिएका छैनन् । वितरण गरिएको छैन । त्यो प्राप्त रकम उनले आफ्नै सम्पत्ति भनेर हिनामिना गरेका छन् । अंग्रेजी माध्यम कक्षा ६–१० का विद्यार्थीलाई ऐन विपरित शुलक उठाई आफैले मनोमानी खर्च गरेका छन् । यो पद्धति २०७३ सालदेखि हुँदै आएको छ । सरकारले दिने अंग्रेजी माध्यमका पुस्तकको साटो नगद दिने व्यवस्था भएपनि २०७३ साल देखि उनले पुस्तकको साटो पाउने रकम दिएका छैनन् । २÷४ जना विद्यार्थीलाई २÷३ पुस्तक दिए जस्तो गरे पनि खास पाउनु पर्ने विद्यार्थीले पुस्तकमा पैसा पाएका छैनन् । २०७० साल देखि सार्वजनिक लेखा परीक्षण गरिएको छैन । त्रियुगा माध्यमिक विद्यालय नमुना विद्यालयको रूपमा घोषित भएको भएता पनि त्यहाँका स्टाफले पाउनु पर्ने सुविधा पाएका छैनन् ।
प्रधानअध्यापकले अंग्रेजी माध्यम ११ र १२ कक्षाको सिभिल इन्जिनियरिङ विषयको विहानी सत्रमा नपढाई ऐन विपरीत भत्ता २०७३ सालदेखि लिदै आएका छन् । विद्यालयको कोषबाट रकम झिकी आफ्ना नजिकका नातागोताका व्यक्तिलाई र पुस्तक पसल गरी बस्ने आफ्नै भाइलाई मनोमानी रकम दिएका छन् पेस्की स्वरुप । नियमा विपरीत ।
२०७३ साल देखि अभिभावक भेला बोलाएका छैनन् । बोलाउने योजनै पनि छैन । अभिभावकलाई आयव्यय देखाउने कानूनी व्यवस्था छ । त्यो कानूनी व्यवस्था लत्याईएको छ । विद्यालयमा चाहिने आवश्यक सामाग्री, सार्वजानिक लेखा ऐन, अन्तरगत प्रकृया पु¥याएर किनिनु पर्नेमा उनले आफ्नो भाइको पसल र अन्य पसलबाट मनोमानी रूपमा सामान किनेको देखाएर लाखौ रूपैया हिनामिना या भ्रष्टाचार गरेका छन् । यदि स्टाफले विषय उठाए भने उनि थुक सुकेर बोल्न सक्तैनन् । नगर शिक्षाका कर्मचारीसँगको मिलेमतोमा टेण्डर विना नै स्थानीय निकायले दिएको रकम मनोमानी खर्च गरेको देखिन्छ । परीक्षाको नाममा एकै दिन ३ चोटी भत्ता लिने काम प्र.अ. सुभाष विष्टले गरेका छन्, कागजात हेर्दा प्रमाणित हुन्छ । कानून विपरित अवकाश प्राप्त व्यक्ति किसमत अलिलाई शाखा अधिकृतमा पुन नियुक्ति दिएको । आफ्नै भाइ सुरेश विष्टको स्टेशनरी पसलबाट पुस्तक र अन्य सामाग्री खरीद गरी ल्याउने गरेको र सामानको मुल्य बजार भाउ भन्दा बढी मूल्यमा ल्याउने गरेको देखिन्छ । सरकारले बालबालिकालाई खाजा खुवाउने भत्ता २०७३ साल देखि विद्यार्थीलाई नखुवाएको सो रकम नक्कली विल बनाई रकम भुक्तानी लिएको छ ।
लकडाउन लागेको समयमा विद्यार्थीहरूबाट पूरा शुल्क लिई, शिक्षकले पाउने सुविधा नदिई आफैले खाएको । कागज मिलाएको, आवाज उठाउने शिक्षकलाई सरुवा गराउने धम्की दिएको दिने गरेको । लगभग दश लाखको विज्ञान र प्रविधिको सामान विज्ञहरूको सल्लाह विना नै र मनोमानी खरिद गरेको देखिन्छ । सामान थोरै ल्याउने र वील बढी रकमको बनाउने गरेको देखिन्छ ।
२०६९ साल देखि प्र.अ. भएपछि सुभाष विष्टले विज्ञापन, अतिथि सत्कार, प्रशासनको खर्च अनावश्यक रूपमा गरिएको छ । चार हजार रूपैया खर्च गर्ने चालिस हजारको वील बनाउने काम गर्ने कामको थालनी गरेका छन् । यो तरिका सत्यनारायण झाले पनि गर्न सकेको थिएन । त्रियुगा माध्यमिक विद्यालय पुरानो भएको र यहाँका धनिक व्यक्तिले प्रशास्त जमिन दिएका छन् । ती सवै जमिन उब्जाउ नै छन् । ती जमिनबाट प्राप्त ठेक्काको रकम विद्यालय खातामा जम्मा छैन । लिजमा दिएको रकम आफैले कागज मिलाएर लिएका छन् । विद्यालय मातहतमा विद्यालयकै रकमले बनाइएका तीसौ सटर छन् । ती सटर नियमित भाडामा लगाईएको छ । ती सटरबाट उठ्ने भाडा थोरै तोकेर आफूले बीचमा कमिशन खाएर भाडा लगाएका छन् । सटर वालालाई, नाफा हुने र आफूले कमिशन प्राप्त हुने हुँदा उनी त्यही मेलो मेसोमा लागेका छन् । यी सबै व्यहोरा शुभाष विष्टले गरेका गलत र नियतबस गरिएका काम हुन् । यसको निक्र्याैल गरी यथाशिघ्र उनीलाई कारवाही गराईयोस् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल