Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भ्रष्टाचारमा मुछिएपछि पूर्वराजा देश छोड्दै

एजेन्सी । भ्रष्टाचार मुद्दामा आफ्नो पनि नाम मुछिएपछि स्पेनका पूर्वराजा हुवा कार्लोसले देश छोड्ने निर्णय गरेका छन् । ८२ वर्षका पूर्वराजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएको स्पेनिस राजदरबारले जनाएको छ । पूर्वराजा कार्लोसले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता गर्न चाहेमा आफू उपलब्ध हुने प्रतिबद्धतासमेत जनाएका छन् । गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्वराजा ख्वानको संलग्नताबारे अनुसन्धान सुरू गरेको थियो । स्पेनलाई अधिनायकवादबाट जोगाउँदै प्रजातन्त्रको अभ्यासमा कूशलतापूर्वक नेतृत्व प्रदान गरेका कार्लोस जनप्रिय मानिन्थे । छोरा फेलिपेलाई सन् २०१४ मा सत्ता हस्तान्तरण गरेका उनी देश छोडेर अब कहाँ जान लागेका हुन् भन्नेबारे केही पनि नखुलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।