Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भ्रष्टाचारमा रेडक्रस र पशुपति पनि छुटेनन्

काठमाडौं । रेडक्रस जस्तो समाजसेवी संस्था समेत आर्थिक अनियमिताबाट मुक्त भएन । देशमा आइपर्ने दैवीप्रकोप, आकस्मिक दुर्घटना, द्वन्द्व, हिंसात्मक आन्दोलनबाट पीडित भएकाहरूको सेवामा निःशुल्क खट्ने रेडक्रस जस्तो सामाजिक संस्था पनि भ्रष्टाचारमा फस्यो । दाताले भौतिक संरचना निर्माणका लागि दिएको रकम समेत रेडक्रसको जिम्मेवार तहमा रहेकाहरूबाट हिनामिना हुनुजस्तो लज्जित अवस्था अरु हुँदैन । रडेक्रसका ७७ जिल्लामा शाखा छन् । विद्यालय तहमा स्थपित हुने जुनियर रेडक्रस सर्कल रेडक्रसको शुरुवाती विरुवा हो । पहिले दरबारियाको बाहेक अरुको रेडक्रसमा नेतृत्व लिने सम्भावना थिएन । बहुदलीय व्यवस्थामा पनि रेडक्रसको चासो दरबारकै चल्तापुर्जाले गर्थे । सञ्जिव थापासहितको टीमलाई भ्रष्टाचारको आरोप लाग्योे । थाइ रेडक्रस सोसाइटीले दिएको रु ४२ करोड र केन्द्रीय गोदाम घर निर्माण गर्न भक्तपुरको खरिपाटीमा जग्गा खरिद गर्दा रु ६ करोड ३२ लाख हिनामिना भएकोमा छानविन हुँदैछ । थाइ रेडक्रसले ४० लाख अमेरिकी डलर रक्तसञ्चार केन्द्रको भवन निर्माण २५ लाख डलर विपद व्यवस्थापन खर्च भन्दै दिएको हो । थापा लगातार १२ वर्षसम्म रेडक्रसको अध्यक्ष थिए । उनको टीम छानविनमा परेको छ ।
थाइ रेडक्रसले दूतावासमार्फत् परराष्ट्रसम्म पु¥याएको उजुरीले अख्तियारलाई समेत रन्थन्याएको छ । अहिले विश्वकेशर मास्केलाई रेडक्रसको जिम्मेवारी दिइएको छ । मास्केको टीली स्वच्छताका लागि कति निडर छ त्यो भने अबका कामले देखाउँछ । सरकारले १७ दसस्यीय रेडक्रस टोली खडा गरेको छ ।
उता, पशुपतिनाथमा २३२ रोपनी जमिन हराएको छ । पशुपतिको जग्गा तिलगंगा आँखा अस्पताल, त्रिभुवन विमानस्थल, गल्फ क्लबले ११६१ रोपनी १४ आना ३ पैसा, तारागाउँ रिजेन्सी होटलले १७ रोपनी प्रयोग गरेका छन् । पशुपतिको नाममा देशभरमा १८ हजार ३ सय ४२ रोपनी जमिन रहेको देखिन्छ । यहीमध्येको २३२ रोपनीको लागत नदेखिएको हो । कोषको छानविनले ५ हजार ८० रोपनी जमिनभित्रको २३२ रोपनी लागत नभेटेको हो ।
पशुपतिको आम्दानी भण्डारबाट नदेखाउने कानुनभन्दा पशुपतिका मुलभट्ट, पुजारी, द्वारे भण्डारी ठूला हुने प्रवृत्ति छ । पशुपतिको मुल आम्दानी भनेकै दाताले चढाउने भेटी र दान हो ।