Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भ्रष्टाचारीको संरक्षक अदालत

काठमाडौं । नेपालमा विकासको बाधक संस्थागत रुपमा अदालत नै हो । तस्करको संरक्षक पनि त्यही हो । बेलाबखत अख्तियार पनि धरमराउने गर्छ । त्यहाँ लोकमानसिंह कार्की, द्विप बस्न्यात जस्ता भ्रष्टाचारका नायक सपुतहरू प्रमुख भए । राजनारायण पाठक त आयुक्तकै नमूना छँदै थिए । जो भ्रष्टाचारी छ विवादित छ त्यसैलाई पैसा खाँदै राजनीतिक भागवण्डाका आधारमा अख्तियार र अदालतमा भिœयाएको फल धमाधम पाक्दैछ । त्यो पनि नेकपा नेतृत्वको भ्रष्टै भ्रष्टहरूको जमघट भएको केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारको पालामा । देखादेखी ठाडै भ्रष्टाचार गरेको छ । पुरानो हिसाव कितावको भण्डारमा आगो लगाएर प्रमाण नस्ट गरिएको केशका नायक सशस्त्र प्रहरीका तत्कालिन आईजीपी कोषराज वन्तलाई विशेष अदालतले दिएको सफाई अदालत भ्रष्टाचारीहरूबाट कति प्रभावित छ भन्ने प्रमाण हो । त्यही अदालत हो लोकतन्त्रमा भ्रष्टहरूलाई सफाई दिएर चर्चामा आएको पनि । अख्तियार सर्वोच्चमा, पुनरावेदनमा गयो खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जुपी गुप्ताहरूले बिगो तिरे, जेल बसेर छुटे । कानुन भएर कानुनले काम नगरेको मुलुकमा भ्रष्टकै पक्षमा अदालती निर्णय हुन्छन् । समृद्ध नेपाल, खुशी नेपालीको नारा लगाउने सरकारका मन्त्रीहरू लुटिरहन्छन् । अख्तियार जोखाना हेर्छ, पैसाको थैली छाम्छ, फाइल दबाउँछ । लोकमान र द्विप बस्न्यातले पैसा खाएर मुल्तबीमा राखेका फाइल कति छन् ? सर्वोच्च अदालतमा मुद्दा सार्दै वर्र्षौ वर्ष झुलाइएका फाइल कति छन् कसैलाई चासो छैन ।
यस्तै अदालती फैसलाले प्रहरीको सुडान काण्डका तत्कालिन आईजीपी रमेशचन्द ठकुरी समेतको टोलीले सफाई पाएन । यो काण्डका योजनाकार थिए राजेन्द्रसिंह भण्डारी । उनी एआईजीबाट अवकाश भए । सुडान काण्ड सांसदको लेखा समितिका सदस्यहरूले भ्रष्टाचार भएको प्रमाणसहतिको मुद्दा हो । जहाँ तत्कालिन ठेकेदारहरू शम्भु भारती, दिपक भट्टहरू सक्रिय रहेका छन् । भारती काँग्रेस नेता स्व. खुमबहादुर खड्काका मान्छे हुन् भने भट्ट नेकपाका नेता वामदेव गौतमका विश्वासपात्र हुन् । नेताहरू सबैले भ्रष्टहरूको साथ लिन्छन् । तस्कर, माफियाको समेत साथ लिन्छन् । शेरबहादुर देउवा सालो भुषण राणा परिचालन गर्छन्, विजय गच्छदार डन गणेश लामालाई समाउँछन् । प्रधानमन्त्रीले हवाई माफिया स्व. आङछिरिङको कम्पनी एति एयरलाइन्स र हिमालयन एयरसँग जोडिएकै छन् । पुष्पकमल दाहालको नाम अजय सुमार्गी, शारदाप्रसाद अधिकारीहरूसँग जोडिएकै छ । काँग्रेसको कोटामा सांसद जीपछिरिङ लामा, उमेश श्रेष्ठ, बहादुरसिंह लामाको धन्दा एउटामात्र छैन । एमालेले राज्यलक्ष्मी गोल्छा, ह्लारक्याल लामालाई बोकेकै हो । गोल्छालाई माधव र झलनाथसँग ह्लरक्याललाई ईश्वर पोखरेलसँग जोडिन्छ । यो दशेका नेता नै तस्कर, नेता नै ठेकेदार भएपछि कसरी विकृतिको अन्त्य हुन्छ ? कसरी समृद्धि र विकासको एजेण्डा सफल हुन्छ ? जबकि पार्टीको सांसदले विभागीय मन्त्रीसँग भेटेर योजना पारीदिन आग्रह गर्दा मन्त्रीले टेर्दैनन् ।
प्रहरीका ठूला सबै परे
त्यसो त २०६९ देखि सर्वोच्चमा दर्ता भएको प्रहरीको आम्र्ड पर्सनल क्यारियर काम नलाग्ने भएपछि कम्पनीका माइकल रार्डर र नेपाली एजेण्ट शम्भु भारती चर्चामा थिए । रार्डरलाई २ वर्ष कैद, ५६ करोड ८० लाख जरिवाना, नेपाली ठेकेदार भारतीलाई १ वर्ष कैद १४ करोड २० लाख जरिवाना नगर्ने विशेष अदालतको फैसला थियो । सोही अदालतले पूर्व प्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा १७ करोड ६ लाख, हेम गुरुङ ६ करोड ४८ लाख, रमेश चन्द ठकुरी ४ करोड ८५ लाख जरिवाना तोकेको हो । उनीहरू २÷२ वर्ष जेल बस्नु पर्ने फैसला भएको हो । चन्दले भुक्तानी नरोक्दा यो सजायँ भोगेका हुन् । उनलाई विशेषको फैसला उल्टाउँदै सर्वोच्चले ४० हजार जरिवाना र एक वर्ष कैद तोकेको हो । सुडानको डाफरमा खटेको मिसन टोलीका लागि आवश्यक सामान खरिद गर्दा प्रहरी कल्याण कोषको रकम खर्च भएको थियो । सामान गुणस्तरहीन भएकाले संयुक्त राष्ट्रसंघले नेपाल प्रहरीलाई रकम दिएन । सुडान काण्डमा रु ४५ करोड ४२ लाख खल्याण कोषबाट खर्च भएको हो । यो रकममध्ये २९ करोड घोटाला भएको हो । रमेशचन्द ठकुरी सर्वोच्चमा आत्मसमर्पण गरेर रु ४० हजार जरिवाना तिरेर ६ महिना जेल बस्दैछन् । यो काण्डमा ठेकेदार भारतीसहित ३४ जना प्रहरी सेवाका रहेका थिए ।