Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मंसिर १२ भित्र बक्यौता नबुझाए फेरि लाइन काटिने

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् प्रयोग गरेका उद्योगहरूलाई मंसिर १२ भित्र बक्यौता महसुल बुझाउन नेपाल विद्युत् प्राधिकरणले सूचना गरेको छ। अन्यथा नियमअनुसार कारबाही गरिने चेतावनी पनि प्राधिकरणले दिएको छ। बिहीबार जरुरी सूचना जारी गरी मन्त्रिपरिषद् र विद्युत् प्राधिकरण सञ्चालक समितिका बैठकले बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय गरेको जानकारी गराउँदै सोबमोजिम बाँकी रकम तिर्न प्राधिकरणले उद्योगहरूलाई ताकेता गरेको हो। सूचनामा भनिएको छ( बिलअनुसारको बक्यौता महसुल १५ दिन अर्थात् २०८१ मंसिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनु हुन अनुरोध गरिन्छ। तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने बेहोरासमेत जानकारी गराइन्छ।


सम्बन्धित समाचार