Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मंसिर २९ को प्रदर्शन सशक्त बनाउन बुढानिलकण्ठमा छलफल, व्यक्ति हत्यामा नउत्रन विप्लवलाई चेतावनी

काठमाण्डौ । सरकारले दुई तिहाईको ताण्डव नृत्य प्रदर्शन गरिरहँदा फेला नपरेको काँग्रेस वरिष्ठ नेतामाथि भएको अभद्र व्यवहारको विरोधमा देशव्यापी आन्दोलनमा होमिएको छ । नेपाली कांग्रेसले मंसिर २९ गते सडकमा आउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । आज पदाधिकारीको बैठक बसेर आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय कांग्रेसले गरेको छ ।

बैठकमा पार्टीका आन्तरिक विषय र व्यक्ति हत्या सुरु गरेको विप्लव समुहका बारेमा पनि छलफल भएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ । मंसिर २९ गते सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल गर्न बिहिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक बसेको थियो ।

बैठकमा प्रदर्शनको तयारीबारे छलफल भएको थियो । बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कोरोनाको महामारीका बेला पनि सरकार र सत्तारुढ पार्टी सत्ताको द्वन्द्वमा फसेको कांग्रेसको आरोप छ । सरकारले अधिनायकवादी आकांक्षा प्रस्तुत गरेको र त्यही क्रममा पौडेलमाथि धरपडक भएको भन्दै कांग्रेसले २९ मंसिरको प्रदर्शनमा यसलाई पनि मुद्दा बनाएको छ । गत मंसिर १७ गते तनहुँमा पुल उद्घाटनको विषयमा विवाद हुँदा बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रण गरेपछि सरकारविरुद्ध कांग्रेस आक्रमक भएको हो ।

कांग्रेसले मोरङमा भएको शिक्षक हत्याको विषयलाई कांग्रेसले गम्भिरतापूर्वक लिएको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ । पदाधिकारी बैठकले व्यक्ति हत्याको राजनीतिलाई त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समुहलाई आग्रह गर्ने निर्णय गरेको छ ।


सम्बन्धित समाचार