Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्लामा आएर चुनाव बहिस्कारको निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आसन्न चुनाव बहिस्कारका लागि कार्यकर्तालाई निर्देशन गरेका छन् । केही दिनअघि रुपन्देहीमा गृहमन्त्री खाणले विप्लव समूहसँग वार्ता भइरहेको र चुनाव शान्तिपूर्ण हुने बताएपनि नेता प्रकाण्डले सोमबार यस्तो सो पार्टी निकट भेलामा यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्रीलाई जवाफमार्फत दवाव दिन सो समूहले चुनाव भण्डाफोर सभाको आयोजना गरेको आंकलन गरिएको छ । यो चुनाव कागलाई बेलपाकेजस्तै हो, यो आमनागरिकलाई कुनै सरोकार छैन, यो चुनाव जनताका लागि आवशयक छैन, ५ वर्ष लुटेराहरुलाई लुट्नका लागि पठाउन लागिएको हो, हाम्रो विरोधलाई रोक्नखोजे प्रतिकार हुन्छ, बुटवलमा आज आयोजना गरेको चुनाव भण्डाफोर सभालाई सम्बोधन गर्दै नेता प्रकाण्डले भने । दलाल पुँजिवादी चुनाव बहिस्कारका लागि ‘गडवड’ गर्ने चेतावनी उनले दिएपनि कस्तो खाले ‘गडवड’ हो भन्ने विषय भने खुलाएनन् । उनले दलाल पुँजिवादी व्यवस्थालाई खरानी नपार्दासम्म कम्युनिष्ट पार्टीले ‘गडवड’ गरिरहनु पर्ने पनि बताए । उनले सशक्त बहिस्कारका लागि तयार रहन कार्यकर्तालाई आह्वान गर्दै राज्यले गिरफ्तार र दमन गरे त्यसको प्रतिबाद गर्न पनि निर्देशन दिए ।
नेता प्रकाण्डले तिनाउ दानव करिडोरको नाममा त्यस क्षेत्रमा बसोबास गर्ने भुमिहीन सुकुम्बासीलाई उठिबास गराउन खोजिएको आरोप लगाउँदै वैकल्पिक व्यवस्थाबिना हटाउन खोजिए आफ्नो पार्टीले प्रतिरोध गर्ने चेतावनी पनि दिए । करिडोर आवश्यक भएपनि जनताको गाँस र बासभन्दा ठुलो विषय करिडोर नभएको उनले बताए ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल