Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मकवानपुरमा एकैदिन ६ जनाले ज्यान गुमाए

हेटौंडा । मकवानपुरमा बिभिन्न घटनामा परी एकै दिन ६ जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा तीन जना, दुर्घटनामा एक, कोरोना संक्रमणबाट एक र रेविज रोगबाट एक गरी छ जनाको शनिबार मृत्यु भएको हो । भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डी मन्दिर नजिक सेल्फी खिच्ने क्रममा चिप्लिएर राप्ती खोलामा खस्दा १८ वर्षीया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज घर भई हेटौंडा बस्ने प्रियंका सोनी रहेकी छिन् । शनिबार दिउँसो साथीहरुसँग घुम्न गएकी उनी सेल्फी खिच्ने क्रममा चिप्लेर खोलामा खसेकी थिइन् । उनको शव त्रिखण्डी मन्दिरभन्दा ८ सय मिटर तल खोप्लाङको पुल मुनि भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।