Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मजाक बन्दैछ गणतन्त्र

भन्दा गणतन्त्र छ, व्यवहारमा राजतन्त्र भन्दा फरक छैन । सरकारसँग राज्यको दायित्व छैन । जनताको सरोकार कसैमा छैन । कुनै पनि दलका नेता शुद्ध छैनन् । संसदका दलहरू जति खराब छन् त्यो भन्दा खराब क्रान्तिकारीहरू छन् । विचार एउटै, सिद्धान्त उस्तै छ तर भात भान्सा फरक छ । माओवादी जसरी पतन भयो त्यसको जह्रोकिलो उखेल्न तम्सेका रामबहादुर थापा एमाले भए, डा. बाबुराम नयाँ शक्ति, जसपा हुँदै समाजवादी पार्टी बनाएर बसेका छन् । मोहन वैद्यको हालत बिजोग छ ।
गणतन्त्र र संघीयताको कुरा गर्ने तर त्यो व्यवस्थाले स्थापित गरेको संघीयता, गणतन्त्र, समावेशी सिद्धान्तअनुसार जनतासँग घुलमिल बन्न नचाहने मोहन वैद्यको कारण माओवादी आन्दोलन अस्ताएको छ । आजको दुनियाँमा जनताको सरोकारका बारेमा कम्युनिष्टहरू जसरी जिम्मेवार हुनुपथ्र्यो त्यो भएन । कम्युनिष्टहरू बिग्रेपछि झन् सोत्तर हुन्छन् भेन्ने कुरा आज देशमा कम्युनिष्ट पार्टीको मुल एजेन्डामा सरकार बन्ने जनमत हुँदा पनि जनतालाई भ्रष्टाचारमा चुर्लुम्म डुबाउने शैलीको शिकार बनाइएको छ । जनताले माओवादीसँग ठूलो आशा गरेको हो । तर माओवादीलाई काम गर्ने ढंग थिएन । सत्ताको अनुभव त्यहाँ नहुँदा ठिकै थियो । तर संसदका १६ वर्षसम्म रजाई गर्दा कतै न कतै माओवादी सत्तामा थियो र छ । त्यसले मैमत्ता व्यवहार देखायो । माओवादीले आफ्नो अर्को चिन्दैन । त्यहाँ दम्ब र अहंकार छ, नेताहरू सुन तस्करी गर्न पुगे । काँग्रेस र एमाले ०४८ सालदेखि राज्यसत्ता बाँडीचुडी खाएर बन्दोबस्त गरेकै थिए । माओवादीले त्यही सिक्यो । उसको सर्वहारा करण अब पत्याइँदैन । अध्यक्ष प्रचण्डलाई कुर्सी जेगाउनु छ । त्यहाँ सिद्धान्त र नीतिका कुरा छैनन् । कार्यक्रम र कार्ययोजना छैनन् । भएका योजना र कार्यान्वयन भएनन् । आजको दुनियाँले माओवादी भनेर मरिहत्ते गर्दैन किनकि यो शक्तिले राजनीतिक उथलपुथल गरेकै हो ।
हिजो जाँड–रक्सी, जुवा–तास, बहुपत्नीधारी र महंगोमा ब्याज लगाउनेलाई ठाउँको ठाउँ कारबाही गर्न तम्सने माओवादी आज आफैं भाटे कारबाही दण्डको निशाना बन्दैछ । अध्यक्ष प्रचण्डले देखाउन चितवनको ३ कठ्ठा जमिन र त्यही बनेको बंगला देखाउँछन् । काठमाडौंको बसाई देख्दा शारदा अधिकारी नामको ठेकेदारको भएको छ । तर आफ्नो तीन छोरी र बुहारी र तिनका शाखा सन्तानका लागि भैसे पार्टी ललितपुरमा छुट्टाछुट्टै बंगला बनाएको कुरा पनि छ । सर्वहारा वर्गले धनाढ्य बन्न कसरी सम्पत्ति जोड्यो । अब त्यस्तो छैन । माओवादीको संगठन नबढ्नुको कारण पनि नेताहरूको भ्रष्ट चरित्र नै हो । सबैलाई प्रधानमन्त्री पद नै चाहिएको छ । स्थानीय तह, प्रदेश, सरकारमा काँग्रेसको बहुमत कसरी आयो ? माओवादीले साथ नदिएको भए काँग्रेसको हालत कस्तो हुन्थ्यो ? वामपन्थी एक हुने थिए भने काँग्रेस थन्क्न्थ्यो । काँग्रेस उग्र बन्नुको कारण वापमन्थी विभाजन नै हो । वामपन्थीहरूलाई विभाजन गरेर काँग्रेसलाई स्थापित गर्न भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादबाट लगानी भएका एनजीओ र आइएनजीओको लगानी भएका छन् । माओवादीको विरोध त माओवादीबाट बाहिरिएकाहरूले गरेकै छन् । तिनकै योगदानले माओवादी अहिलेको अवस्थामा आएको हो । कुनै बेला संविधानसभामा १२१ जनाको प्रत्यक्ष निर्वाचित सांसद भएको त्यो दल आज ३२ सिटमा खुम्चेर पनि शासक भएको छ । तर काम गर्न काँग्रेसले दिँदैन किनकि काँग्रेसले राष्ट्र र जनताको काम गर्दैन । देशमा बेरोजगारी बढाउने, भ्रष्टाचार चम्काउने कामको मुल नायक काँग्रेस भयो । काँग्रेसलाई साथ दिने एमाले एकल महाराजको दबदबमामा छ । एमाले र काँग्रेस जस्ता भष्मासुरहरूले कानुन नियम मान्नु पर्दैन । गणतन्त्र यिनकै लागि आएको हो । जनताले कर तिरेर काँग्रेस, एमाले, माओवादी कार्यकर्ता पाल्नै प¥यो । किनकि नक्कली भुटानी शरणार्थी प्रकरणमा लुट्ने एमालेकै धेरै थिए त्यो पनि कम्युनिष्ट भन्छ ।


सम्बन्धित समाचार