Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । विवाहको क्रममा बेहुली पक्षसँग दाइजो मागेर दबाब र धम्की दिएको आरोपमा एक युवकलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरेको छ । सुनसरीका स्थायी बासिन्दा ३२ वर्षीय अनुराग रौनियारलाई काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसको विवाह समारोहबाटै प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी वृत्त काठमाडौंले जारी गरेको विज्ञप्ति अनुसार बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो माग्दै उपलब्ध नगराएको खण्डमा विवाह नै रद्द गर्ने धम्की दिएका थिए । यसबीचमा पटक पटक गरी २२ लाख रुपैयाँ बेहुला पक्षले बेहुली पक्षबाट लिइसकेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ । विवाह समारोहमा जन्तीलाई उचित स्वागत नभएको र मागेजति दाइजो नपाएको भन्दै बेहुला पक्षले गाली बेइज्जती गर्दै हातपातसमेत गरेपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई पक्राउ गरेको हो । आरोपित रौनियारमाथि विवाह सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल