Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मदन मृत्युको २८ वर्ष !

एमालेलाई जनताको बहुदलीय जनवादको बाटोमा लैजाने जन नेता मदन भण्डारी कुशल संगठन जीवराज आश्रीतको रहस्यमय मृत्यु भएको आज जेठ ३ गते २८ वर्ष भयो । त्यो बेला एकल छानबीन समितिका नायक केपि ओली देशको प्रधानमन्त्री छन् । मदन पत्नी विद्या भण्डारी यो देशको राष्ट्रपति छन् । एमालेको बहुमतको सरकार गठन भए छानबीन हुन्छ हत्यरा पत्ता लाग्छ भन्ने खड्ग ओली देशघाती भएका छन् । बहुमतको सरकार पनि उनले चलाए । उनले संविधान कानून ऐन नियम मान्नु पर्दैन । ओलीले संविधान विपरित गरेका कामलाई वैधता दिने मदनकी पत्नी विद्या देशको राष्ट्रपति भईन् । मदनको नाउमा फाईदा लिने यीनै भए जनताले अत्याचार सहेको छ ।
राष्ट्रवादी सोच, स्पष्टवक्ता, जनताको मनजितेका नेताहरुलाई कित स्वार्थी समाजबाट एक्लो बनाईन्छ कित हत्या गरिन्छ भन्ने उदाहरण, गणेशमान, कृष्ण प्रसाद, डा. डिल्ली रमण रेग्मी, मरिचमान सिहं किर्ति निधिविष्ट हुन् । मदनको हत्या भयो । गाडी चालक अमंर लामाको हत्या गराईयो । अमर ताजाखबरसँग जोडिएको दोस्रो हप्तामै मारिए । पहिलो हप्ता उनलाई मोबाइलमा फोन आयो, उनले फोनमा भने, तिमीहरुको निम्ति म कति पर्खने ? यतिका समय भइसक्यो । यो शब्दपछि उनको बोली रोकियो । अर्को हप्ता लामालाई ताजाखबर साप्ताहिक कार्यलय डिल्लीबजारबाट अपहरण गर्दा यो टिप्पणीकारसँगै थियो । तत्काल प्रहरीलाई खबर भयो तर प्रहरी तत्काल आएन । गुप्तचरलाई खबर गर्ने मेशो पार्ईन । किर्तिपूरमा लगेर लामाको हत्या भएपछि प्रहरीको भिड ताजा खबर कार्यलयमा थुप्रियो । जानकारी दिँदा नआउने अहिले के रमिता ? भनेर मैले त्यति बेलै विरोध जनाए । हत्यारा को थिए अझै खुलेको छैन । त्यति बेला अपहरण गर्नेले हाम्रो हेडक्वाटरमा जाने भनेर लामालाई लगेको थिए । त्यो हेडक्यावटर कसको थियो अहिले सम्म पत्तो छैन ।
लामाको ताजाखबरसँगको सम्बन्ध राजनीति रुपमा भएको थियो । उनी लेख लेख्थे, सूचना दिन्थे । उनी काँग्रेसमा प्रवेश गरेको समयमा एमालेलाई चुनाव हराउन ०५६ सालमा काँग्रेसले निकै घुमायो । चुनावमा बहुमत पनि ल्यायो सरकार पनि बनायो । त्यस समयमा माओवादीले लामाको हत्या गर्नु पर्ने जरुरी थिएन । तर लामाको हत्या अगाडि कालो पूलमा, कृष्ण बहादुर महरा, राम बहादुर थापा स्व भरत ढुङ्गाना, खड्ग ओली, विद्या भण्डारीको बिचमा छलफल भएको कुरालाई केही समय अगाडि यूटूबमा भाइरल गराइयो । अहिले त्यो हरायो । घटना भएको दिन कालापूल बैठकले तीन दिन पार गरेको कुरा युटुबमा देखिएका किर्तिपूरका तत्काली माओवादी कार्यकर्र्ताले खुलाएका थिए । ०५० साल जेठ ३ को त्यो घटनासँग जोडिएको ज्यूँदो साँक्षी अमरको ०६० सालमा हत्या गर्नु आफैमा रहस्य पूर्ण छ । मदनका सहयात्री खड्ग ओली संविधान भन्दा माथि भएको बेला यो काण्ड अबका दिनमा एमालेको लुट्नदाश र नीतिगत लुटाहा टोलीले उच्चारण समेत नगर्न सक्छ । तीनमा कमाउने प्रतिस्पर्धा छ । अहिले पनि मुलुक लुट्न छोडिएको छैन ।
दाश दुङ्गा काण्डको साँवा र व्याँज एमालेले लिएको छ । माआवादीलाई फकाएर छुद्र बचनका निखरा पण्डीत केपि ओलीले आफ्नो स्वार्थ पूरा गरि माओवादीलाई खेदाए । बामदेव गौतम, माधव नोपाल ओलीका दाश भएका छन् । ओली निरंकुश, अवसरवादी, देशघाती, दुष्ट रहेछन् । जसले एमाले पार्टी भन्दा गुटको संरक्षक बन्न रुचाए । आफू प्रभू बनेर अरुलाई दाश बनाउनेलाई जनताको बहुदलीय जनवादको संस्थापक मदनभण्डारीले रुचाउदैनथे । आफ्नो पार्टी एमादलेको निति भ्रष्टीकरण व्यवहारमा विचौलिया पथको मार्ग दर्शन सिद्दान्तमा चल्छ भन्ने सोचाई मदनले राखेनन् । मदनसँग लिइएका अन्तर्वाता सम्पादन गर्न पर्दैनथ्यो । उनको स्पष्ट बोली प्रष्ट विचारले कसैलाई हेपेन । केपि ओली जस्तो दुष्ट चरित्रले मुलुकमा शासन चलाएको ३ वर्ष पूरा भयो । पार्टी एकता गरेको तीन वर्ष पूरा नहुँदै धुजाधुजा भयो । विचार सिद्दान्त र निति भन्दा केबल सत्ता स्वार्थमा केन्द्रीत त्यो एकता नटिक्नु स्वभाविक थियो । बहुमतको प्रधानमन्त्रीलाई भारतीय शासकका नेपाली पाण्डाहरुको साथबाट अल्पमतमा भए पनि बहुमतको रजाँइ गर्ने मौका मिलेको छ ।