Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मदिराको विज्ञापन गर्दै नाम चलेका कलाकार

नेपाली फिल्म क्षेत्रमा नायक प्रदीप खड्का र नायिका केकी अधिकारीलाई बौद्धिक कलाकारको रुपमा चिनिन्छ । सामाजिक संजाल र मिडियामा उनीहरूले प्रस्तुत गर्ने विचारले पनि उनीहरूका फ्यान धेरै छन् । तर, यी दुई कलाकार भने सामाजिक संजालबाट आफ्ना दर्शकहरुलाई मदिरा पिउनका लागि उत्प्रेरित गरिरहेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा यी दुईका फलोअर्स राम्रा छन् । तर, यी दुई कलाकार यही लोकप्रियताको फाइदा उठाउँदै आफ्ना शुभचिन्तकहरुलाई मदिरा पिउनका लागि आग्रह गरिरहेका छन् । नेपालमा नै उत्पादित एक मदिराको आफूहरू ब्रान्ड एम्ब्यासडर भएको भन्दै उनीहरूले प्रचार गरेको देख्न सकिन्छ । प्रचारमा उनीहरूले खुलेयाम दर्शकलाई मदिरा पिउन आग्रह गर्दै उक्त मदिराको गुण बताइरहेका छन् । अधिकांश कलाकारहरूले आफूहरू मदिराको विज्ञापन नगर्ने बताइरहेका छन् । तर, केकी र प्रदीप जस्ता बौद्धिक कलाकारहरू भने मदिरा पिउन सुझाव दिइरहेका छन् । यी कलाकारहरूले अभिनय गर्ने फिल्मको सुरुवातमै र बीच बीचमा पनि मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ लेखिएको हुन्छ । तर, फिल्ममा मदिरा पिउनु हानिकारक रहेको बताउने कलाकारहरू वास्तविक जीवनमा भने पैसाको लोभमा मदिराकै प्रचार गरिरहेका छन् । केकी र प्रदीपले सामाजिक संजालबाट मदिराको विज्ञापन गरिरहँदा उनीहरूका फ्यान भने असन्तुष्ट छन् । यी दुई कलाकारले मदिराको प्रचार गर्नु गलत भएको भन्दै फ्यानहरुले आलोचना गरेका छन् । कतिपयले पैसाको लोभमा कलाकारहरू यसरी मदिराको प्रचारमा लाग्न नहुने तर्क गरेका छन् । केही समय अगाडि साउथ सुपरस्टार अल्लु अर्जुनले मदिराको विज्ञापनका लागि आएका सय करोडको अफर अस्विकार गरेका थिए । तर, प्रदीप र केकी जस्ता लोकप्रिय कलाकारले भने राम्रो फलोअर्स कमाएको फाइदा उठाउँदै सामाजिक संजालबाट मदिरा पिउन आग्रह गर्नु र मदिराकै ब्रान्ड एम्ब्यासडर बन्नु दुःखको कुरा हो ।


सम्बन्धित समाचार

दमौलीमा मध्यराति भीषण आगलागी

२०८१ जेष्ठ ७

ताजा नेपाल

छानविन समिति नबने संसद अघि नबढ्ने

२०८१ जेष्ठ ७

ताजा नेपाल