Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मदिरा नियन्त्रण तथा महिला हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया

पर्वत । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिका-३ स्थित काफलचौर उच्च माद्यामिक बिद्यालयको प्राङगणमा मदिरा नियन्त्रण तथा महिला हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सामाजमा देखिने अपराधिक क्रियाकलाप तथा अन्य समस्याका बारेमा सम्बन्धित निकायमा जानकारी गराउनु हरेक नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै समुदायको साथ र सहयोगको लागि जिल्ला प्रशासन कार्यालय सदैव तत्पर रहेको बातउनुभयो ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, कुश्मा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तेज प्रसाद उपाध्याय, सरुन्चौर टोल सुधार समितिका अध्यक्ष बेग बहादुर बिक लगायतले अन्तरक्रिया कार्यक्रमको महत्वबारेमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मदिरा नियन्त्रण, महिला हिंसा न्यूनिकरण तथा अन्य समसामयिक विषयमा देखा परेका समस्या र सुधार गर्नुपर्ने विभिन्न विषयहरुमा छलफल समेत गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र कुश्माका पदाधिकारीहरु, काफलचौर उच्च माद्यामिक बिद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरु, ज्येष्ठ नागरिक, वुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न
यसैबीच, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राप्ती नगरपालिका(५ स्थित ईलाका प्रहरी कार्यालय भण्डाराको आयोजनामा प्रहरीसँग एक दिन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा राप्ती नगरपालिका-४ डडुवास्थित काशीरुपा आधारभूत विद्यालयका विद्यार्थीहरु, शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो । उक्त अवसरमा ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक सुशील कुमार पाण्डेले साईबर सुरक्षा, लागूऔषध बिरुद्ध कानूनी व्यवस्था र रोकथामका सम्बन्धमा प्रशिक्षण समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरुलाई ईलाका प्रहरी कार्यालय भण्डाराको वडा एरिया अन्तर्गत शान्ति सुरक्षाको अवस्था लगायतको बारेमा जानकारी दिनुका साथै सो कार्यालयको स्थलगत अवलोकन समेत गराइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


सम्बन्धित समाचार