Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मधेशमा आज नयाँ मुख्यमन्त्रीको दाबी

काठमाडौँ । सात दलका तर्फबाट आज मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरिने भएको छ । आज नै मुख्यमन्त्रीको टुङ्गो लगाएर दाबी पेस गर्ने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहले रातोपाटीलाई बताए । मधेस प्रदेशको मुख्यमन्त्रीबारे छलफल गर्न बिहीबार सात दलको बैठक बसेको थियो । सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् । सात दलले सभामुख, मुख्यमन्त्री, विभिन्न आयोगका सदस्य, मन्त्रीलगायतका विषयमा प्याकेजमै सहमति खोज्ने भएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभले सरकार गठनका लागि आजसम्मको समयसीमा दिएपछि दलहरूको दौडधुप बढेको छ । यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल