Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मधेशमा बढ्ला काँग्रेसको प्रभाव

काठमाडौं । पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट शुक्रबार काठमाडौँ फर्किए । मधेस प्रदेशबाट कांग्रेसले २० सिट जित्ने लक्ष्य राखेको छ । त्यहीअनुसार अगाडि बढ्न मधेशका सभापतिसहित उम्मेदवारहरूलाई रणनीति सुनाउँदै गगन काठमाडौँ फर्किएका हुन् । गगनले सर्लाही लगायत मधेशमा पाँच दिन बस्दा त्यहाँको चुनावी रणनीति, स्थानीय परिवेश र जिल्लामा कांग्रेसको अवस्था मसिनो गरी बुझे । बसाइका क्रममा उनले असन्तुष्ट पक्षसँग ‘वान टु वान’ वार्ता पनि गरे । गगनले कांग्रेसका असन्तुष्ट पक्षलाई क्रियाशील हुन, यदि त्यसो गर्न नसके पार्टीलाई नहराउनसमेत आग्रह गरे। असन्तुष्ट पक्षसँग उनले कि पार्टीका उम्मेदवार जिताउने पक्षमा खुल्न, नभए पार्टीमै बसेर अन्तर्घात नगर्न आग्रह गरे । सर्लाही काङ्ग्रेसका कार्यवाहक सभापति सरोज कुमारका अनुसार मधेशका आठ जिल्ला सभापतिसहित उम्मेदवारसँग भेटेर सभापति गगनले त्यहाँको ग्राउन्ड रियालिटी र असन्तुष्ट नेताहरूबारे लामो कुराकानी गरे । जिल्ला सभापतिहरू सहित उम्मेदवारसँग चरणवद्ध वार्ता गरेका उनले सम्बन्धित जिल्लाको सवल र सुधार गर्नुपर्ने पक्षबारे पनि कुराकानी गरेको सर्लाही सभापति कुमार बताउँछन् । ‘मधेस प्रदेशका आठ जिल्ला सभापतिसहित उम्मेदवारसँग गगन दाइले वान टु वान वार्ता गर्नुभयो। उहाँले उम्मेदवारहरूसँग भेट गर्नुका साथै हरेक जिल्लाको ग्राउन्ड रियालिटबारे मसिनो गरी अध्ययन गर्नुभएको छ, सर्लाही सभापति कुमार भन्छन्, उहाँले सबै निर्वाचन क्षेत्रका सभापतिलाई मधेशबाट २० सिट जित्ने लक्ष्यको रणनीतिबारे स्पष्ट जानकारी गराउनुभएको छ । जिल्ला सभापतिसहितका उम्मेदवारहरूलाई आगामी भेटमा त्यहाँका असन्तुष्ट पक्षका माग र मुद्दा लिएर आउन पनि सुझाव दिनु भएको छ । कांग्रेस गुटगत राजनीतिका कारणले गर्दा मधेशमा कमजोर भएको छ। यस पटक एक ढिक्का भएर निर्वाचन जितेमा पहिलो शक्ति बन्ने गगनको दाबी थियो। जिल्ला र प्रदेश कार्यसमिति सभापतिले पनि पहिला गुटगत राजनीतिका कारण मधेसमा पार्टी कमजोर भएको रिपोर्टिङ गरे । मधेशका जिल्ला सभापति र उम्मेदवारहरूसँगको भेटमा गगनले विगतमा पार्टीभित्रै अन्तर्घात भएका कारण मधेसी जनताको साथ पाउन नसकेको बताउँदै यस पटक असन्तुष्ट पक्षलाई सुरुबाटै मिलाउन भनेका थिए। गगनले भेटवार्तामा नेताहरूलाई विपक्षीलाई गाली गरेर, खुइल्याएर कांग्रेस पहिलो दल बन्न नसक्ने बताउँदै विवादित टिका टिप्पणी नगर्नसमेत आग्रह गरे। गगनले कांग्रेस वैचारिक र जिम्मेवारीहरू भएको पार्टीका रहेको बताउँदै नेताहरूसँग आफ्ना कार्यकर्तालाई उच्छृंखल गतिविधि नगर्न र निर्वाचन बिथोल्ने प्रयासमा नलाग्न सुझाव दिन पनि आग्रह गरे। हामीले जित्ने लक्ष्य लिएर मात्रै हुँदैन, यहाँका मुद्दालाई घोषणापत्रमा कसरी समेट्छौँ भन्ने विषयले जितलाई महत्त्व दिन्छ । यहाँले आफ्नो क्षेत्रका मुद्दा निर्मम् अध्ययन गरेर ल्याउनुहोला । मधेशमा अहिले शिक्षा स्वास्थ्य सँगै खानेपानीको पनि असुविधा बढ्दै गइरहेको महसुस मैले गरेको छु, उनले भने, विपक्षीलाई गाली गरेर पहिलो पार्टी बनिँदैन। हाम्रा युवाहरूमा जोश जाँगर छ। उनीहरूले हाटहुट गर्न सक्छन् । कांग्रेस बौद्धिक र जिम्मेवार नेताहरूको पार्टी हो। त्यसकारण आफ्ना शुभचिन्तकलाई त्यही अनुसार गाइड गर्नुहोला । उनले जिल्ला सभापतिहरूलाई हरेक उम्मेदवारबाट आफ्नो ठाउँमा गर्न सकिने मात्रै कामको सूची बनाएर ल्याउन पनि भनेका छन् । ‘त्यसपछाडि घोषणापत्र कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा हामी पुन बसौँला। जनताको न्यूनतम् आवश्यकता चुल्हो बल्नुपर्ने छ । हामीले सिद्धान्त र पार्टीका रटान लगाएर काम छैन, उनले भने, चुलो कसरी बाल्ने कुराको ग्यारेन्टी दिन सक्नुपर्छ। र, म फेरि पनि भन्छु निर्वाचन बिथोल्ने प्रयासमा हाम्रा साथीहरू कुनै ढङ्गले नलागून् । गगनले जिल्ला सभापति र उम्मेदवारलाई दिएको सुझाव सुनाउँदै उनीसँग भेटेका एक उम्मेदवार भन्छन्– निर्मम ढङ्गले समीक्षा गरेर पाँच वर्षमा गर्न सकिने कामको मात्रै सूची ल्याउनुहोस्। त्यहाँका अतिमहत्त्वपूर्ण समस्या र पूरा गर्न सकिने आधारबारे गम्भीर रुपमा रिपोर्टिङ ल्याउनुहोला भन्नुभयो । यति मात्रै होइन, गगनले जिल्ला सभापतिहरूलाई उम्मेदवारको कमजोरी पक्षका विषयमा पनि निर्मम ढङ्गले अध्ययन गरेर सुझाव दिन आग्रह गरेका थिए ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल