Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मधेसका मुख्यमन्त्रीको आज शपथ

काठमाडौं । गएको शुक्रबार साँझ मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका कृष्ण यादवले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन्। आइतबार बिहान ११ बजे मुख्यमन्त्रीको शपथको कार्यक्रम तय भएको जनमतबाट प्रदेश सभा संसदीय दलका नेता महेश यादवले जानकारी दिए। मुख्यमन्त्रीको शपथ आज हुन्छ, तर उहाँको शपथसँगै अन्यमन्त्री नियुक्त हुने नहुने अझै टुंगो भइसकेको छैन, यादवले भने, फेरि पनि हामी बिहानैदेखि छलफल बसेका छौँ। कांग्रेस प्रदेशसभा संसदीय दलका नेता यादव एमालेबाहेकका सात दलका ७७ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई कांग्रेसका २२, जसपाका १८, जनमतका १२, माओवादीका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्तिका १ सांसदको समर्थन छ। सत्ता घटकका नेताले सरकारमा सहभागी ६ दलबाट मन्त्री नियुक्त हुने बताएका छन्। तर सत्ता घटकमै सहभागी एकजना सांसद भएको नागरिक उन्मुक्ति पार्टीलाई भने मन्त्रालय नदिने अन्य दलको तयारी छ। मुख्यमन्त्रीको शपथसँगै ६ दलबाट एक एक जनामन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्रीले अघि बढाएका छन्। तर, मन्त्रालय भागबण्डामा सहमती भइनसकेको कारण आज अन्य मन्त्रीको शपथ हुने नहुने टुंगो नभएको यादवको भनाई छ। तर, माओवादी केन्द्रका सांसद फकिरा महतोले मन्त्रालय पछि तोक्नेगरि आजै मन्त्रीहरु नियुक्त हुनसक्ने सम्भावना पनि रहेको बताए। उनले मन्त्रालय भागबण्डामा सहमती हुन बाँकी रहेकाले सुरुमा सबै मन्त्री विनाविभागीय हुनसक्ने तर्क गरे। ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते अनपेक्षित रुपमा मुख्यमन्त्री नियुक्त भएका एमालेका सरोज यादवलाई सर्वोच्चले प्रदेशसभामा बहुमत सिद्ध गर्न भनेपछि उनी पदमुक्त भएका थिए। बर्दिबासको एक होटलमा मुख्यमन्त्री नियुक्त भएपछि यादव आलोचित बनेका थिए। एमालेबाट प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द्र मण्डल पनि यो प्रकरणमा पदमुक्त भएका छन्। २४ दिनमै एमालेले मधेसमा मुख्यमन्त्री, सभामुख र प्रदेश प्रमुख गुमाएको छ। एमालेलाई अनुकूल हुनेगरि प्रदेशसभा सञ्चालन गरेको आरोप लागेका सभामुख रामचन्द्र मण्डल महाअभियोगबाट पदमुक्त भएका हुन्। पदअनुकूल आचरण नगरेको आरोपमा प्रदेश प्रमुख भण्डारीलाई सरकारले बर्खास्त गरेको हो। मण्डलको पदमुक्तिपछि अहिले मधेसमा सभामुख पद पनि खाली छ। उपसभामुख बबिता राउत ईशरले प्रदेशसभा बैठक सञ्चालन गर्दै आएकी छन्।


सम्बन्धित समाचार

रास्वपाको विधानले बालेनको बाटो छेक्छ ?

२०८२ फाल्गुन २८

ताजा नेपाल

जनतालाई दिए ओलीले धन्यवाद

२०८२ फाल्गुन २८

ताजा नेपाल