Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मधेसमा बढाइयो सुरक्षा सतर्कता

काठमाडौं । मधेस प्रदेशमा एक साताभित्र थप ६ हजार प्रहरी खटाइने भएको छ। ७० जना सिनियर अधिकृतसहित विभिन्न दर्जाका प्रहरी कर्मचारी निर्वाचन सुरक्षाका लागि थप गर्न लागिएको हो। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी अविनारायण काफ्लेले जिल्लाले माग गरेको जनशक्ति प्रहरी प्रधान कार्यालयले पठाइरहेको बताए। डीआईजी काफ्लेका अनुसार केही प्रहरी अधिकारीहरू कार्यक्षेत्रमा हाजिर भइसकेका छन्। केही जाने क्रममा छन् भने फागुन १२ गतेभित्रमा थप गरिएका सबै जनशक्ति कार्यक्षेत्रमा पुगिसक्नेछन्। निर्वाचनमा सबैभन्दा सुरक्षा संवेदनशील प्रदेशमा मधेस पर्छ। सोही अनुसार यहाँको सुरक्षा व्यवस्था मिलाइएको प्रहरीको दाबी छ। मधेसका हरेक पालिकामा (गाउँपालिका–नगरपालिका) प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमान्डमा कम्तीमा दुई वटा टोली खटिने भएका छन्। यसका लागि अपुग इन्सपेक्टर पनि काठमाडौँबाट पठाइएको छ। यस्तै हरेक निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा टोली रहने भएको छ। डीएसपीले आफ्नो निर्वाचन क्षेत्रभित्रको टोलीलाई समन्वय गर्ने र जिल्लामा रिपोर्ट गर्नेछन्। मधेसका सबै जिल्ला प्रहरी उपरीक्षक (एसपी) को कमान्डमा रहनेछन्। तर मधेसका ८ वटा जिल्लालाई समन्वय गर्न तीन जना एसएसपीलाई पनि जिम्मेवारी विभाजन गरिएको छ। सिरहा र सप्तरी एक जना एसएसपीले हेर्ने छन्। त्यस्तै, धनुषा, महोत्तरी र सर्लाहीमा अर्को एसएसपीले अनुगमन तथा समन्वय गर्दा रौतहट, बारा र पर्साको जिम्मेवारी अर्को जना एसएसपीलाई दिइएको छ। यसका लागि एसएसपीहरू प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र संघीय प्रहरी कार्यालयकै कमान्डर खटाइने छ। ‘चुनावमा अवाञ्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिइएको छ। यहाँबाट खटाइएको सिनियर अफिसरको टोलीले आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर काम कारबाही सुरु गरिसकेको छ। यसबाहेक हरेक जिल्ला र निर्वाचन क्षेत्रमा रिजर्भ टोली र क्विक रेस्पोन्स टिम क्यूआरटी तैनाथ रहनेछ। मधेसका ८ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन्। यी सबै निर्वाचन क्षेत्रको सुरक्षाका लागि अन्य सुरक्षाकर्मीसँग पनि समन्वय गरेर जिम्मेवारी बाँडफाँट गरिएको छ। मधेसमा २८ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिएको छ। उनीहरूलाई पनि हरेक चौकीमा खटाइसकिएको छ। यस्तै सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरीसहित आफ्नो गस्ती सुरु गरिसकेको छ। नेपाली सेना पनि माघ २१ गतेबाट गस्तीमा निस्किसकेको छ। प्रदेश र केन्द्रमा पनि सोही अनुसारको टोली परिचालन भइरहेको हुन्छ। निर्वाचनका लागि छुट्टै सेल छ। त्यसले निर्वाचनमै केन्द्रित भएर काम गरिरहेको छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल